‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित हुनु भएको छ । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित हुनुभएको थियो । तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने भएपछि उक्त भुमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो ।

चलचित्रमा अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिनुभयो । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र चलचित्र अभिनय गर्न असमर्थ भएको उहाँका पति दीवाकर भट्टाईरले बताएको कारण चलचित्रमा अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाई रहेको छ । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव चलचित्रमा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नुहुनेछ ।

चलचित्रमा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको छायाँकन आगामी मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ ।

दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्रका प्रस्तुतकर्तामा रोहित कट्टेल हुनुहुन्छ । रत्न श्रेष्ठ निर्माता रहेको चलचित्र शिव ढकालले खिच्दैछन् ।