ब्यक्तिगत चर्चाको पछि नलाग्ने सितल

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

नायक शितल केसी डेढ दशकदेखि नेपाली चलचित्र जगतमा सकृय रुपमा लाग्नुभएको छ । नेगेटिभबाट खिचिने नेपाली सिनेमाको प्रबिधिबाट डिजिटल प्रबिधिसम्म आउँदा नेपालमा पहिलो पटक डिजिटल प्रबिधि भित्र्याउदै अभिनय गरेको ‘जाल’ दर्शकलाई लोभ्याउन सफल रह्यो उहाँको । चलचित्र ब्यवसायिक दृष्टिकोणले समेत सफल भयो । जसबाट प्रेरितभई रिल स्टमको प्रबिधि अन्त्य भई पुरा नेपाली सिनेमा जगत नै डिजिटलमय भयो । जुन प्रविधि अहिले संसार भरिनै अग्रपंत्तिमा अगाडी बढिरहेको छ । रिलदेखि डिजिटलसम्म निरन्तर काम गरिरहनुभएका र आगामी प्रोजेक्ट ‘अधुरो प्रेम कहानी’को तयारीमा रहनुभएका नायक केसीसंग समसामयिक बिषयमा गरिएको कुराकारीः

० आज भोली कहाँ के गर्दै हुनुहुन्छ ?

तपाईलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र पनि अछुतो रहन सकिरहेको छैन । जसले गर्दा धेरै मात्रमा प्रबिधिक, कलाकार जसले सिनेमालाई आफ्नो मुख्य पेशा बनाएर जिविकोपार्जन गर्दै आउनु भएको छ । उहाँहरुलाई ठुलो मर्का परेको छ भने राज्यलाई समेत राजस्व नोक्सान भईरहेको छ । जसले गर्दा म र मेरो जीवन पनि सिनेमासंग जोडिएको कारण केही प्रभाव परेको महसुश गरिरहेको छु । मैले यसलाई एक अवशसको रुपमा पनि लिएको छु । दिनहुँ जसो सुटिङ, डबिङ तथा सामाजिक संघ, संसथाको काममा ब्यस्त रहने जीवन केही समयको लागि भएपनि म र मेरो ब्यक्तित्वलाई अझ निखार गर्ने समय पनि भएको छ । र, यसलाई भरपुर फाईदा पनि लिरहेको छु । जहाँ मेरो नयाँ प्रोजेक्टको लागि आवश्यक काम गर्ने समय पनि मिलेको छ । टिममा छलफल गरिरहेका छौं, गीत संगीतमा पनि अझ निखारपन ल्याउन समय भइरहेको छ । लोकेशन पनि पहिले को निर्धारित भन्दा परिवर्तन गरिएको छ । यही सेरोफेरो र कोभिडबाट पिडित केही प्राबिधिकहरुलाई राहत बाँड्ने र कसरी हुन्छ सिनेमासंग सम्बन्धित सबैलाई बचाईराख्ने किसिमको गतिबिधिमा ब्यस्त छु ।

० नेपाली सिनेमा पनि अन्तर्राष्ट्रिय स्तरमा अथवा उचाईमा पुग्न सफल भईरहेको थियो अव कोभिडले गर्दा पछिको सहज स्थितिमा पनि त्यही उचाई लिन्छ त ?

निकै राम्रो समसामयिक प्रश्न गर्नु भो, हामी र हाम्रो लागि र नेपाली सिनेमाको लागि एक ठुलो चुनौती आएको छ । अव फेरी हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किदैन सबै यससँग संबन्धित निकायमा ठुलो वहस हुन थालेको छ । कसरी पहिलेको अवस्थामा नेपाली सिनेमा सहज स्थितिमा ल्याउन सकिन्छ, ति दर्शकलाई कसरी बिश्वास दिलाउन सकिन्छ, हलसम्म ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अव चुनौती रहेको छ । हामीले पनि राज्यलाई कसरी हुन्छ ठुलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिक रुपले पनि कसरी बचाउन सकिन्छ भन्ने प्रति पहल भैरहेको छ । निर्माता बचेमा सिनेमा उधोग बच्छ र राज्यले पनि ठुलो मात्रामा राजश्व असुल्न सक्छ त्यसैले हामी र हाम्रो संस्थाले राज्यको संबन्धित निकायलाई घचघचाई रहेका छौं । हो, नेपाली सिनेमा पनि उद्योगको रुपमा आगाडी बढिरहेको र ठुलो संख्यामा रोजगार दिईरहेको र कलाकार देखि प्राविधिकसम्मलाई समाजमा छुटै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा पनि बिदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिईरहेका थिए, अब के फेरी त्यही स्तरमा नेपाली सिनेमाले उचाई लिन्छ त भन्ने ठुलो चुनौती त छदैछ । त्यसैले यससंग संबन्धित सबै निकाय, संस्था र राज्य स्तरबाट गहन रुपले सोच्ने बेला आएको छ । जसले नेपाली सिनेमासंग सम्बन्धितले राहत महसुश गर्न सकोस् ।

० यो स्थितिमा सिनेमा प्रदर्शन, प्रबद्र्धन हुन्छ त ?

नेपाली सिनेमासंग सम्बन्धित सबै पक्ष बीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रबर्धन गर्ने भनेर । हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौ, जस्तै बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउँछ हेर्दैछौ र अन्य कुनै माध्येमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि बहस जारी छ । कुनै इलोक्ट्रोनिक साईड वा युट्युव, टिभि लगायतका विकल्पहरुको खोजि भैरहेको छ । जसले हात, हातमा र घरघरमा बसेर सहजै नयाँ नयाँ सिनेमा हेर्न सकिने वातावरण बनाउँन प्रयासरत छौ । जसले नेपाली सिनेमाको बजार बिस्तारमा मद्धत पुगोस् ।

० तपाईं नेपाली सिनेमाको एक्शन नायकको रुपमा दर्शकहरूले चिन्दै आएका छन् । केही महिनाबाट तपाई अभिनित सिनेमा प्रदर्शन हुन सकिरहेको छैन के यसबाट तपाई र तपाईको कलाकारिता ओझेलमा पर्ने त होईन ?

मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि आफ्नो ब्यक्तिगत तारिफ कहिले पनि गरिन । तपाईहरुलाई थाहा छ म मेरो ब्यक्तिगत चर्चा परिचर्चाको विषयमा कहिलै पनि अगाडी आएन धेरै मिडियाले पच्छाउदा पनि म यदाकदा बाहेक पछि नै बसे । यो मेरो ब्यक्तिगत ब्यस्तता पनि थियो र यो मेरो नेचर पनि हो । त्यसैले मेरो बारेमा बजारमा के कस्ता चर्चा परिचर्चा हुन्छ त्यता कहिलेनी जान चाहिन, चाहेत केवल मेरो काम एक पछि अर्को काम कसरी राम्रो दिन सकिन्छ भन्नेमा नै दिन बित्यो । त्यसै धेरै भन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पुर्ण ध्यान केन्द्रित भयो । त्यसैले ब्यक्तिगत चर्चा भन्दा पनि मेरो राम्रो सिनेमाको चर्चा हुँदा मेरो नाम पनि जोडिनु स्वभाविक हो । संख्याको हिसाबले भन्दा पनि गुणात्मक सिनेमालाई मेरो जीवनसंग जोड्दै आएको छु । त्यसैले दर्शकहरूले मेरो सिनेमालाई पर्खिएर बसेको पाएको छु । त्यसैले मेरो ब्यक्तिगत चर्चा र महत्व दर्शकबाट कम हुन्छ जस्तो लाग्दैन । अर्को कुरा मैले भनिसके कि मेरो कलाकारिता पनि ओझेलमा पर्दैन, यही वर्ष मेरो चलचित्र प्रदर्शनमा आएको थियो ‘सम्हाली राख है’ जुन चलचित्र ब्यवसायिक दृष्टिकोणले सफल मानिएको थियो । प्रदर्शनको तयारीमा दुई चलचित्र रहेका छन् परिस्थिति सहज हुनासाथ प्रदर्शनमा आउनेछ । जसले मेरो कलाकारिता जीवनलाई ओझेलमा पर्न दिदैन ।

० बिगत हेर्दा तपाईले नेपालमै पहिलो पटक डिजिटल प्रबिधिको सिनेमामा अभिनय गर्नुभयो । नयाँ प्रबिधिमा, तपाईको पहिलो एक्शन सिनेमा बजार, दर्शक तथा प्रबिधिलाई लिएर कस्तो अनुभव गर्नु भएको थियो ?

हो, त्यो बेला ठुलो चुनौतीको सामना गर्नुपर्यो । विश्वमै उदयमान प्रबिधि डिजिटल एनलकको स्थितिलाई विषेतः हामी, हाम्रो टिमले अध्यायन गर्यो, हलिउड देखि बलिउडसम्म डिजिटल प्रबिधिबाट सिनेमा निर्माण भईरहेको थियो । ति सिनेमाहरुलाई अध्यान गरियो र अब नेपालमा हामी डिजिटल प्रबिधिका सिनेमा निर्माण गर्नुपर्छ भन्नेमा पुगौ । अझ हाम्रो जस्तो बिबिध भौगोलिक बनौट भएको देशमा त यो प्रबिधि उत्तम प्रबिधि लाग्यो । क्यामरा, लाईटिङ सबै पक्षबाट राम्रो प्रबिधि र संसारभरको प्रयोगलाई मध्येनजर गरि भविष्य पनि डिजिटलमय हुने भएकोले यो प्रबिधिलाई छनौट गरियो । यो समयको माग, विज्ञानको पछिलो उपलब्धि पनि हो । त्यही प्रबिधिबाट खिचिएको चलचित्रले मलाई नवनायकको अवार्ड दिलाउन सफल रह्यो भने एक्शन नायकको पनि उपाधि दिलायो । दर्शकले पनि यो प्रबिधिलाई रुचाए सिनेमा जगतनै डिजिटलमय भयो । परिवर्तित हुँदै अहिलेसम्म यथावत छ जुन प्रबिधि संसारभरी नै प्रयोमा छ ।

० जाल चलचित्रबाट नेपली सिनेमा जगतमा नायकको रुपमा स्थापीत हुँदै गर्दा र यहाँसम्म पुग्दा तपाईको कलाकारिताको ब्यवसायिक जीवन देखि ब्यक्तिगत जीवन कस्तो रह्यो, के फरक पाउनु भयो ?

ज्व मेरो जाल चलचित्रले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो अंध्यारो पर्दामा देखिने ३५ एमएमकोसिनेमा एकाएक सिनेमास्कोप र फुल पर्दामा जस्ताको त्यस्तै हुवहु लोकेशन देखिने डिजिटल प्रबिधिको सिनेमा हेर्दा दर्शकहरुलाई पनि भरपुर मनोरञ्ज भयो । डिजिटलमा एक्शनका दृश्यहरुलाई अझ सशक्त बनाउन सकिने भएकोले पनि दर्शकहरुले पनि औधि मन पराउन थाल्नुयो । जसले मलाई एक्शन नायकका रुपमा स्थापित गरायो । नेपाली सिने जगतलाई नै एक उचाईमा पुर्याउन सक्ने नायकको रुपमा हेरिन लाग्यो र अनि मलाई सिनेमाको अफर धेरै आउँन थाले पनि मैले संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक सिनेमा गर्नु पर्छ भन्ने मान्यता राखे स्क्रिप, कथावस्तु अनि युनिट हेरेर काम गर्न थाले । एउटा सिनेमा सक्काएरमात्र अर्को सिनेमामा काम गर्थे । यसै क्रममा मलाई चलचित्र ‘मेरो राजेश दाई’ले पनि मलाई उत्कृष्ट नायकको अवार्ड दिलाउन सफल रह्यो । ‘हाम्री चेली’ नामक चेतनामुलक चलचित्र लगायत थुरै अन्य चलचित्रले मलाई यस क्षेत्रमा टिकिरहन मद्दत पुराएको छ । हाम्री चेली राज्यबाट समेत छनौट पकृया उत्कृष्ट ठहरिएको थियो भने सोही चलचित्रले दुबाईमा सम्पन्न छायाँछवी अवार्डमा बेष्ट एक्टरको उपाधीबाट सम्मानित गराएको थियो । एक पछि अर्को चलचित्रमा ब्यस्त हुन थालेपछि सिनेभन्दा अरु केही सोंच्न सकिन । सकय पनि भएन जसले मलाई नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेशा बनाउदै आए र नेपाली सिनेमाका एक ब्यस्त आर्टिष्टको पंत्तिमा आफुलाई उभ्याउन सफल भए । र, संगसंगै सामाजिक गतिबिधिहरुमा पनि सकृय रुपले लागियो जसबाट म अतिनै सन्तुष्ट छु । जतिबेला कामको तालिका मिलाउन कठिन हुन्थ्यो भने अहिले त्यो अवस्था भने छैन । आफ्ना चाहनाहरुलाई कुल्चेर काम, आफ्नो जिम्बेवारीलाई महत्व दिदै अगाडी बढीरहे जसले गर्दा मेरो जिवनर कलाकारितालाई सफल बनायो र अरु सोच्नसम्म फुर्सद छैन ।

० कलाकारिता र जीवनमा धेरै हनुभव संगाल्नु भएको छ । सिनेमा क्षेत्रमा आउन चाहनेहरुलाई के सल्लाह दिनु हुन्छ ?

जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छौ त्यो स्वर्ग जस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सिप ब्यक्तित्व बिकास र दृढसंकल्प संयमित हुन सिक्नु र अनिमात्र आउनुस् । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन सकोस् ।

(यस अन्तर्वार्ता आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)