राजु लामाको ‘तिम्रो साथ वीना’ सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक गायक राजु लामाको स्वर रहेको ‘तिम्रो साथ विना’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।

कुमार स्याङग्बाको शब्द रचनालाई निमालामा दोङले संगीत भरेको गीतमा मंगोलियन हर्टको रुपमा परिचित राजु लामासँगै गायिकानिर्मला घिसिङको पनि स्वर समावेश छ । दोलखाको पर्यटकीय स्थलकालिञ्चोक आसपास बढि लगानीमा छायाँकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ । अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्रमहर्जनले खिच्नु भएको हो । आसमानसँगै विना घलानको लगानीगीतमा रहेको छ ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक संघका पूर्व अध्यक्षदिनेश पाख्रिन, नायिका चाँदनी मोक्तान लगायतको उपस्थिती रहेको थियो । मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा ‘तिम्रो साथविना’ बजारमा ल्याउनु भएको हो ।