आजबाट ७३ कलाकारको सय घण्टा रिले कला डेमोन्सट्रेसन

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालले आजबाट ‘कला डेमोन्सट्रेसन’ कार्यक्रम मार्फत विश्व रेकर्ड राख्न पहल सुरु गरेको छ । आज (कात्तिक २३) बाट २७ गतेसम्म (१०० घण्टा) भर्चुअल माध्यमबाट संचालन भएको हो । कार्यक्रममा ७३ जना नेपाली कलाकार सहभागी छन् ।

उक्त कार्यक्रमलाई विश्वमै सबैभन्दा लामो रिले कला डेमोन्सट्रेसनको रुपमा विश्व रेकर्डको लागि पहल गरिने आयोजक संस्थाका महासचिव दिपेन्द्र बनेपालीले बताउनु भयो ।  यसले नेपाली कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो बनाउन संकल्प लिने विश्वास राखेको छ । यो अनलाइन डेमोन्सट्रेसनमा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक र भिडीयो प्रदर्शनी गरिनेछ । कला डेमोन्सट्रेसनको काठमाडौं, पोखरा लगायतका बिभिन्न ठाउँबाट ७३ कलाकारहरु सहभागी हुनुहुन्छ ।