आर्यन सिग्देल अब ‘डिसेम्बर फल्स’मा

मंसिर, काठमाडौं ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारले अभिनय गर्नु हुनेछ । फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । लक्ष्मण रिजालकार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नुहुनेछ । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्मउ द्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नुहुनेछ । कार्यकारी निर्माता लक्ष्मणले यसपालीअलि फरक तरिकाले कामगर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेख्नु भएको हो । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमानिर्माण युनीटले बर्थ डे केक काटेको थियो । फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना, समस्यासमेत समाबेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वादभने केदार भुसालले तयार पार्नुभएको हो ।

आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनयगर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो फिल्मको स्क्रिप्ट र युनीट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’ कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका फिल्मभन्दा ‘डिसेम्बर फल्स’बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गर्नुभयो । त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्मनिर्माण गर्नका लागिजस्तोसुकै परिस्थिति सामनागर्न पनि आफूहरु तयार रहेको बताउनुभयो । ‘यसपालीअलिभिन्दै र एकदम उच्च कोटीको फिल्मनिर्माण गर्ने प्रयास छ,’ उहाँले भन्नुभयो, ,‘त्यसकारण मैले यसपाली निर्देशन गरिनं ।’ उहाँले आफू यसपटक निर्माताको रुपमाएकदमै दत्तचित्तका साथफिल्मनिर्माणमा लागेको सुनाउनु भयो । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट रहनु भयो ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न फिल्म निर्माण घोषणा कार्यक्रममा उहाँले ‘डिसेम्बर फल्स’लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्महल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हलखुल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरा लगायतका फिल्म निर्माण गरिसकेको छ ।