सन्तोषको ‘सफलताको ब्लूप्रिन्ट’ पुस्तक बिमोचन

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

उत्प्रेरक वक्ताको रुपमा चिनिदै आउनु भएको सन्तोष लामाको ‘सफलताको ब्लूप्रिन्ट’ पुस्तक प्रकाशनमा आएको छ । बुधबार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा एक कार्यक्रमा प्रमुख अतिथी माननिय बहादुर सिंह लामा लगाएका अतिथिले बिमोचन गर्नुभयो ।

पुस्तकबारे प्रमुख अतिथि लामाले आफ्नो जीवनमा भोगेकै कुरा पुस्तकमा पाउन सकिने बताउनु भयो । उहाँ यस पुस्तकबाट जीवनमा भइरहेको असफलताका बिच सफलता पाउन सकिने बताउनु भयो । ‘सन्तोष भाईको यस पुस्तकमा मेरै कुराहरु पनि समेटिएको जस्तो लाग्यो । जीवन भोगाईका कुरा असफलता सँगै संघर्षका कुरा समेटिएको देख्दा मेरै जीवनको कुरा उतारिएको जस्तो पनि लाग्यो ।’ लामाले भन्नुभयो । ‘हामी जन्मिएपछि केहिसमयमा हिड्छौ, त्यसपछि बोल्न सक्छौं, त्यसपछि अलि ठुलो भएपछि केहि काम गर्न सक्छौं भनेजस्तै, सफलता पाउनका लागी स्टेप स्टेप देखाइएको छ । यो पढ्नै पर्ने पुस्तक छ ।’

प्रमुख अतिथि लामाले पछिल्लो समयका युवा पुस्तामा किताब पढ्ने बानी नभएको र केहिहद सम्म ‘सफलताको ब्लूप्रिन्ट’ पुस्तकले पनि युवापुस्तालाई पनि पुस्तक पढ्ने जागर लगाउनेमा विश्वास राख्नुभयो । उहाँले जीवनमा भइरहेको असफलताका बिच सफलता कसरी पाउन सकिन्छ भन्ने बाटो यस पुस्तकबाट पाउन सकिने भन्दै सबैलाई पढ्न समेत आग्रह गर्नुभयो ।

लेखक सन्तोष लामाले आफूले लेखेको पुस्तकमा धेरैका भोगाई र बुझाई रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले लेखेको पुस्तकमा करिब पाँचचय पुस्तक पढेपछिको ज्ञानसँगै बर्षौसम्मको मोटिभेसनल स्पिच दिदँगर्दा बटुलेको अनुभव राखेको छु ।’ लेखक सन्तोषले आफ्नो पुस्तकमा अन्य पुस्तकको शैली भन्दा केहि फरक शैलीमा लेखिएको बताउनु भयो । उहाँले पुस्तकको बिषयसुची पछि ‘जसले फरक पार्दछ’ बिषयलाई महत्वपुर्णका साथ उठान गरेको बताउनु भयो । तपाई सफल किन हुने भन्ने कुरामा लेखक सन्तोषले चार कारणलाई प्रष्ट पार्नुभएको छ । पहिलो ब्यक्तिगत कारण, दोस्रो पारिवारीक कारण, तेस्रोत नकारात्मक आलोचना र चौथो समाजका कारण । उहाँले यी चार कारणलाई पुस्तकको सुरुवातमै प्रष्ट पारेर बाँकी लेख्नुभएको छ ।

सन्तोषले पुस्तकलाई पढ्नेमात्र भन्दा पनि पढेका कुराहरुलाई अभ्यासमा उतार्न आग्रह गर्नुभयो । उहाँले पुस्तकमै पनि अभ्यास बिषय पनि राखिदिएको बताउनु भयो । पुस्तक पढ्दैजाँदा आफूलाई महत्वपुर्ण लागेको बिषयलाई आफ्नो डायरीमा उतारेर जीवनमा प्रयोग गर्नेहो भने जीवनमा सफलता पाउन सकिने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘यो पुस्तक तपाईको म्यानुअल गाइड बन्न सक्ने विश्वास लिएको छु । यसमा बताइएका हरेक अध्यायले तपाईको मानसिकतामा ठूलो परिवर्तन ल्याउने छ ।’

कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्नु भएका अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पाेरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यम बहादुर मल्ल, सर्जक भिम कुसारी, वनलेग डान्सर सीता सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सृजना अधिकारीले सञ्चालन गर्नुभएको थियो । १९९ पृष्ठ रहेको पुस्तकको मुल्य ३ सय ५० नेपाली रुपैंया रहेको छ । लेखक सन्तोष एक उत्प्रेरक वक्ता हुनुहुन्छ । जसले हालसम्म १० हजार भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष तालिम दिइसक्नुभएको छ ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)