रमेश प्रसाईले मंसिर २२ मा बिहे गर्दै, नन्दासँग डेढबर्ष देखी प्रेममा थिए

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p>प्रखर बक्ता रमेश प्रसाई र उहाँकी प्रेमिका नन्दा सिंहको आउँदो मंसिर २२ गते धरानबाट बिहे हुने पक्का भएको छ । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जित्नुभएका रमेश बिगत डेढ बर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना घिमिरेसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र हुनुहुन्थ्यो । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा रहनुभएको थियो ।&nbsp;आर्टिष्ट खबरले पाएको अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उहाँहरुको प्रेम थप गाडा भएको हो ।&nbsp;</p><p>डेढबर्ष देखी प्रेममा रहेको यो जोडीले अन्ततः बिहे गर्ने पक्का भएपछि अहिले सामाजिक सञ्जालमा उहाँहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल नै भएको छ । उहाँहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । आफूहरुको बिहेको बिषयमा रमेश र नन्दाले भने सामाजिक सञ्जालमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।</p><p>नन्दा पनि एक समाजसेवी हुनुहुन्छ । उहाँ आफू पनि एक दृष्टिबिहीन भएरपनि बिगत केहिबर्ष देखी काठमाडौंको चाबहिलमा बालआश्रम सञ्चालन गरिरहनुभएको छ । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रित दिनुभएको छ ।</p>