राशि र राजेशको झ्याउरे गीत ‘स्याङ्जा नवलपुर’ लोकप्रिय बन्दै (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायिका तथा हाँस्य कलाकार राशि रिजाल र गायक राजेश भण्डारीको स्वरमा रहेको नयाँ झ्याउरे गीत 'स्याङ्जा नवलपुर' लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको दशदिन पुरा भइसकेको छ । युट्युव तथा समाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहँदा गायिका राशि खुसी हुनुहुन्छ । गीतमा आएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको गायिका राशिले बताउनु भएको छ ।

राजेश भण्डारीकै शब्द रहेको गीतमा माया भण्डारीले संगीत भर्नु भएको छ । भिडियोमा साया भण्डारी र दिनेश पौडेलसँग अन्य टिमले अभिनय गर्नुभएको छ । राजेश भण्डारीकै निर्देशन रहेको भिडियो बिनोद चौदाईले खिच्नुभएको हो भने बिजय पोखरेलले सम्पादन गर्नुभएको छ ।

गायिका राशि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्य समिती नवलपुर कोषाध्यक्ष समेत हुनुहुन्छ । यस्तै गायक राजेश पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती स्याङ्जाका सचिव हुनुहुन्छ ।