गीतकार प्रेम विनोदलाई राष्ट्रिय सम्मान

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशि सहितको राष्ट्रिय सम्मान प्रदान गरिएको छ । उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा उहाँलाई ‘अमर भावना राष्ट्रिय पुरस्कार–२०७६’ बाट सम्मान गरिएको हो ।

२०११ सालमै ‘झटारो’ गीति संग्रह प्रकाशन गर्नुभएका उहाँले  गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने गर्दछन् । उहाँ गायक, संगीतकार तथा कलाकार पनि हुनुहुन्छ । उहाँलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गोलसिमल’को संज्ञा दिनुभएको थियो । ८५ वर्षीय नन्दनका ६ वटा गीतिसंग्रह प्रकाशन भएका छन् । यसका अलावा उहाँले लेखेका दर्जनौं फुटकर गीतहरू नेपाली चलचित्रका लागि रेकर्ड भएका छन् ।

त्यसैगरी यस वर्षको वर्ष गीत पुरकार गीतकार महेश आचार्यको गीत ‘थाहा छैन जिन्दगीमा’लाई दिइएको छ ।  गीतले ५७ हजार नगद राशिसहित ‘वर्ष गीत पुरस्कार २०७६’ पाएको हो । वर्ष गीत पुरस्कार छनोट समितिमा गीतकार सुरेन्द्र राना र सुवासचन्द्र ढुंगेल निर्णायक रहनुभएको थियो । त्यसैगरी डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको थियो । भिखारीलाई नगद रू. १५ हजार नगद राशिसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल, गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, गीतकार राजेन्द्र थापा, अमर वान्तु राई, संघका पूर्व अध्यक्ष योगेन्द्रमणी दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गीतकार, गायक, संगीतकार तथा प्राज्ञ सुनिल मास्केले गीतकार संघलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग समेत गरेका थिए ।