७७ वटै जिल्लामा खिचिने ‘चार दुना नौं’ बिहीबार देखी प्रसारण हुने

आर्टिष्ट खबर/ पुस, काठमाडौं

नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘चार दुना नौं’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लाको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको यस टेलिचलचित्र यहि पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजीक कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।

टेलिचलचित्र ‘चार दुना नौं’ लाई छेडुप लामाले निर्देशन गरिरहनु भएको छ । उहाँका अनुसार अहिलेसम्म जुम्ला र मुगुमा चारभाग र काभ्रे जिल्लामा चारभाग छायांकन भइरहेको छ । यस्तै अब छायांकनका दोलखा जाने तयारी गरिरहेको निर्देशक लामाको भनाई छ । उहाँले भन्नुभएको छ, ‘हामीले काठमाडौंमा जानुहुने कलाकारसँगै अन्य स्थानिय कलाकारलाई पनि टेलिचलचित्रमा अभिनय गराएका छौं । जुन ठाउँमा जान्छौं, त्यहाँका स्थानिय कलाकारहरुसँग समन्वयन गछौं ।’ कार्यक्रममा जुम्ला र मुगुसँगै काभ्रेका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो ।

कार्यक्रममा अतिथीको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘चार दुना नौं’ टिमले गरेको भन्दै कामको प्रसंसा गर्नुभयो । उहाँले नेपालको पर्यटकिय क्षेत्रहरुलाई एक टेलिचलचित्रमार्फत देशब्यापी बनाउन खोजेको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागी निकै राम्रो कुरा हो । पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ ।’ रेग्मीले भन्नुभयो ।

यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सुचना तथा सञ्चार मन्त्रालयका प्रेस बिज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्धत गरेको भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरसले आफै बिपदमा परिरहनुभएका कलाकारहरुले यति राम्रो काम गर्नुभएको छ । यो टेलिचलचित्रले जस्तै नेपाल टेलिभिजन पनि सबै बर्गको समावेशी टेलिभिजन बन्ने प्रयत्न गरिरहेको छ ।’

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भन्नुभयो, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं । त्यहाँको मौलिकताको प्रसंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यहि मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्थ मन पर्नेछ ।’ निर्माण टिमले जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको थियो ।

टेलिसिरियलका निर्देशक छेडुप लामाले अगाडी भन्नुभएको छ, ‘नेपालको पर्यटन, संस्कृती, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म तथा बिभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ । यसपटक हामी हाम्रो नेपालको पर्यटनलाई देशब्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौं ।’ यस टेलिचलचित्रको प्रत्येक भाग ३० मिनेट बरावरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमश्रृंखलाहरु, तालहरु, नदि नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति बिशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, बिकाश निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।

यस टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी हुनुहुन्छ ।

Video: