अब अभिनयमा पनि एन्जिला रेग्मी

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रको स्थापित नाम हो, एन्जिला रेग्मी । सानै उमेर देखी ब्यावसाहिक गीत गाउन सुरु गर्नुभएकी एन्जिलाले गाएका दर्जनौं गीत हिट छन् । उहाँका बिशेषगरी डान्सिङ गीत दर्शक तथा स्रोताको नजरमा परेका छन् ।

एन्जिलाले गाएका गीतहरु मध्ये अधिकांश दर्शकको नजरमा परेको ‘ओई तिम्रो छकि छैन कोई’ हो । यो गीतको भिडियोलाई युट्युवमा झण्डै ३ करोड पटक हेरिएको छ । यस्तै अर्को गीत ‘बस बस रे’ पनि उहाँको हिट गीत हो । यो गीतको भिडियो पनि युट्युवमा एक करोड पटक हेरिएको छ । यस्तै अन्य गीत ‘दिलको भित्तैमा, कपुर क’ पनि निकै हिट भएका गीत हुन् । एन्जिला बिशेष गरी नेपाली गीतसंगीतको दुनियामा गायनमा अब्बल मानिनुभएकी गायिका हो । तर उहाँलाई मोडलिङका लागी पनि अफर आइरहन्छन् । हेर्दा राम्री, मिलेको ज्यानका कारण भिडियोमा पनि राम्रो देखिने भन्दै धेरैले मोडलिङका लागी अफर गर्छन् तर एन्जिला आफैले ति अफरलाई नकार्दै आउनु भएको थियो । तर यसपटकको आफ्नो नयाँ गीतबाट पनि मोडलिङको यात्रा पनि सुरु गर्नुभएको छ ।

गएको शुक्रबार सार्वजनिक गरिएको ‘लैजाउ लैजाउ’ बोलको गीतको भिडियोमा एन्जिला आफैले मुख्य अभिनय गर्नुभएको छ । ‘भिडियोमा अभिनय नै गरौं जस्तो त लाग्दैन तर धेरै पटक साथीभाई तथा अग्रजहरुले गर्नसक्छौं भनेपछि एकपटक प्रयास गरौं भनेर यो पटक अभिनय गरेकी छु । दर्शकको नजरमा कस्तो हुन्छ त्यसको प्रतिक्रिया लिइरहेकी छु ।’ एन्जिलाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘भिडियोमा अभिनय गर्ने धेरे कलाकारहरु हुनुहुन्छ, कतै मैले सक्दिन कि अथवा राम्रो देखिदैन कि भनेर अहिलेसम्म गरेकी थिइन ।’

उक्त गीतको भिडियोमा एन्जिला मोडल सुधिर श्रेष्ठको जोडीको रुपमा प्रस्तुत हुनुभएको छ । भिडियोमा सुधिर र एन्जिलाको प्रेम देखिन्छ । यस्तै भिडियोमा अजय मगर र चाहाना बस्याल पनि प्रेमी जोडीको रुपमा प्रस्तुत हुनुभएको छ । साथै अग्रज कलाकार सुरेन्द्र केसी र बिष्णु सापकोटाको पनि अभिनय छ । भिडियो रोशन पुरीले निर्देशन गर्नुभएको हो ।

भिडियोका अभिनय बारे एन्जिलाले आफ्नो  तर्फबाट ‘पर्फेक्ट’ गर्ने कोसिश गरेको बताउनु भएको छ । एन्जिलाको अभिनय बारे मोडल अजय र चाहानाले भने अन्य ब्यावसाहिक मोडलहरुको भन्दा कम नभएको तर्क राख्नुभएको छ । उहाँहरुले एन्जिलालाई आगामी दिनमा पनि मोडलिङलाई अगाडी बढाउन सुझाउनु हुन्छ । भिडियोमा एन्जिलाको अभिनयका लागी सकारात्मक प्रतिक्रियाहरु देखिन्छन् ।

उक्त गीतमा एन्जिलासँगै प्रताप दासको स्वर रहेको छ । बिजय सिवाकोटीको शब्द रहेको गीतमा जीवन बडुको संगीत छ । भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले खिच्नुभएको हो भने दिन्सन शाहले सम्पादन गर्नुभएको हो ।

Official Music Video: Click Here