भ्वाइसको सिजन ३ मा नयाँ कोच तृष्णा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ को एक जना कोचको रुपमा गायिका तृष्णा गुरुङ भित्रिनुभएको छ । सिजन २ मा कोचको रुपमा रहनु भएकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उहाँको ठाउँमा गायिका तृष्णा लाई राखिएको टिमले जनाएको छ ।

बुधबार राजधानीको होटल र्याडिसनमा आयोजीक पत्रकार भेटघाटमा ‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको तृष्णाले बताउनुभयो । ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उहाँले सहमतीमै शो छाडेको बताउनुभयो । । अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ ।

शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै हुनुहुन्छ । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताउनुभयो । यसैविच,  हिमालय टेलिभिजन र विज्ञापन दाताहरुविच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । ‘दि भ्वाइस अफ नेपाल’लाई ओप्पोले प्रस्तुत गर्नेछ । हिमालय टेलिभिजनका प्रमुख धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलले ‘दि भ्वाइस अफ नेपाल’का स्पोन्सरसँग संझौता साझेदारी गरेका थिए ।

को हुनुहुन्छ कोच तृष्णाः

नेपाली सांगितीक क्षेत्रकी लोकप्रिय गायिका हुनुहुन्छ तृष्णा गुरुङ । तृष्णा उमेरले जम्मा २६ बर्षको पुग्नुभयो । उहाँले गाएका गीतहरु मध्ये आधादर्जन बढी गीत दर्शक तथा स्रोताको मन मुटुमा गाढिएरै बसेका छन् । उहाँले गायिका गीतहरुमध्ये सर्वाधिक हिट गीत हो, माया पिरती । तृष्णाको पहिलो गीत सन् २००७ सालमा सार्वजनिक गरिएको ‘दैब जानोस्’ हो । तृष्णाका ‘तिमी र म, गुरासै फुल्यो, रेलैमा, तिम्रो मेरो प्रेम, साँझको बेला, माया पिरती’ लगायतका गीत सर्वाधिक हिट छन् ।