बिनिताको पहिलो गीत ‘जुनि बिताउँला’ सार्वजनिक

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नवगायिका बिनिता पौड्याल सुवेदिको पहिलो गीत ‘जुनि बिताउँला’ सार्वजनिक गरिएको छ । गीतमा बिनितालाई गायक विनय कार्कीले साथ दिनुभएको छ । गीतमा शब्द रोशेल थापाको रहेको छ भने संगीत संयोजन, एरेन्ज मिक्सिङ, मास्टरिङ गायक विनय स्वयमले गर्नुभएको छ ।

गीतको भिडियोमा रायन आचार्य र निङशाल गोलेले अभिनय गर्नुभएको छ । भिडियो निर्देशन गायिका बिनिता आफैले गर्नुभएको हो । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन तथा कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार पनि गायिका बिनिता आफैले गर्नुभएको छ ।

पछिल्लो समय बिभिन्न म्युजीक भिडियोमा मेकअपको काम गर्दै आउनु भएकी बिनिताले अब गायन यात्रा पनि सुरु गर्नुभएको हो । उहाँले आगामी दिनमा पनि अन्य गीत गाउने बताउनु भएको छ ।