मिस्टर आर.जेको नयाँ गीत ‘माकुरी’मा समिर र रोशनीको स्वर

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउनु भएका र्यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नयाँ गीत ‘माकुरी’ सार्वजनिक गरिएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भर्नुभएको छ । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । बिशेषगरी युट्युवका सिरिजहरुमा मन पराइएका जिबेश गुरुंग, यस्तै युट्युवमा प्रयांक गरेर चर्चामा आएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

यस गीतमा गायिका रोशनीको लगानी रहेको छ । यसअघि केहि गीत गाउनु भएकी रोशनीले मिस्टर आरजेको टिमसँग काम गर्न पहिल्यै देखी इच्छा भएकाले अहिले सपना पुरा भएको बताउनु भयो । मिस्टर आरजेले पनि आफ्नो केहिसमय पछिको आशलाग्दो प्रोजेक्टको रुपमा यस गीतलाई लिएको बताउनु भएको छ ।

प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो बिधान कार्कीले निर्देशन गर्नुभएको हो । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल हुनुहुन्छ । निर्देशक बिधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागी प्रतिक्षारत रहेको बिधानले बताउनु भएको छ । भिडियो हरि हुमागाईंले खिच्नुभएको हो भने बिकाश धमलाले सम्पादन गर्नुभएको छ । भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गर्नुभएको छ ।