कबुल रकम दिन आनाकानी गर्नेको लिस्ट लामै छ: श्वेता

माघ, काठमाडौं ।

नायिका तथा सामाजिक अभियान्ता श्वेता खड्काको पहलमा सिन्धुपाल्चोकमा ६० बढी भुकम्पपिडितका लागी घर बन्दैछन् । पछिल्लो तीनबर्ष यता श्वेता श्री फाउण्डेशन र सरकारको संयुक्त लगानीमा माझि बस्ती निर्माण भइरहेको छ । यसैक्रममा बिभिन्न सहयोगीतादाताहरुले कबुल गरेको पैसा अझै नदिएको श्वेताले बताउनु भएको छ ।

सहयोगको बाचा गरिएका धेरै सहयोगीदाताहरुबाट पैसा उठ्न नसक्दा वस्ती निर्माणमा समस्या भइरहेको उहाँको भनाई छ । ‘केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन ।’ श्वेताले आफ्नो फेसबुकमा लेख्नु भएको छ । ‘हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो ।’

श्वेताले आफूहरुले सहयोगको अपिलमात्र गर्ने तर बलजफती गर्न नसक्ने बताउनुभएको छ । उहाँले अघि लेख्नुभएको छ, ‘आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने बाचा, पुर्ती गर्न नसक्ने आस्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ  छैन ।’

अर्का कलाकरा सिताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा चितवनमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पनि अवस्था उस्तै छ । अर्थात गतबर्ष भएको महायज्ञमा सहयोग गर्ने बचन दिएका सहयोगीदाताहरु अझैपनि सहयोग नगर्दा रंगशाला निर्माणमा समस्या भइरहेको छ । रंगशाला निर्माणको क्रममा उधारो रकम मात्र ९ करोड माथि पुगेको धुर्मुस सुन्तली फाउण्डेशनले बताएको छ ।