भ्यालेन्टाइनमा ब्यस्त किरण र ममता

फागुन, काठमाडौं ।

आज प्रणय दिवस (भ्यालेन्टाइन डे), माया गर्ने युवायुवतीहरुका लागी बिशेष दिन । यो दिन माया गर्ने प्रेमिल जोडीले गुलाफ साटासाट गरेर माया दर्साउने गर्दछन् । यसैबिच नेपाली कलाकारिता क्षेत्रका कलाकारहरुले पनि बिशेष कार्यक्रम गरेर यो पर्वलाई मनाउदै हुनुहुन्छ ।

आज देशका अधिकांश ठाउँमा भ्यालेन्टाइन बिशेष सांगितीक कार्यक्रमका आयोजना भइरहेका छन् । यसैबिच गायक रियालिटी शोबाट चर्चामा आउनु भएका दुई गायक तथा गायिका किरण भुजेल र ममता गुरुङपनि भ्यालेन्टाइन बिशेष कार्यक्रममा ब्यस्त हुनुहुनेछ । भ्यालेन्टाइनलाई केन्द्रित गर्दै शनिबार किरण र ममताको स्वर र अभिनयमा रहेको ‘साथ देऊ’ बोलको गीत सार्वजनिक गरिएको छ । त्यसै गरी सार्वजनिक समारोहमा आजको ब्यस्ता बारे उहाहरुले जानकारी दिनुभएको हो ।

‘आजको दिन प्रेम गर्ने जोडीहरुका लागी बिशेष दिन हो, त्यसैले हामी दुबैजना फरक फरक ठाउँको भ्यालेन्टाइन बिशेष कार्यक्रममै ब्यस्त हुनेछौं ।’ किरणले हिमालय टाइम्ससँग भन्नुभयो । ‘म चितवनको कार्यक्रममा ब्यस्त हुनेछु ।’ यस्तै गायिका ममताले आफू बिराटनगरको कार्यक्रममा ब्यस्त रहने जानकारी दिनुभयो । भ्यालेन्टाइनको दिन आफ्नो मान्छेलाई समय दिनुपर्ने बेला काममै ब्यस्त भन्ने प्रश्नमा ममता भन्नुहुन्छ, ‘सुरुमा त भ्यालेन्टाइन मनाउनका लागी आफ्नो स्पेशन मान्छे हुनुपर्छ, म सिंगल नै छु । फेरी काम भन्ने कुरा गर्नुपर्यो नि ।’ ममताले आफूलाई प्रणय दिवस बारे खासै जानकारी नभएको बताउनुभयो । किरणले पनि प्रेम गर्ने जोडीहरुलाई शुभकामना दिनुभयो ।

किरण र ममताको ‘साथ देऊ’ बोलको गीतमा श्रीराम थापाको शब्द रहेको छ भने सुबास भुसालले संगीत भर्नुभएको छ । भिडियोमा किरण र ममताकै अभिनय रहेको छ । फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गर्नुभएको हो । Video: Click Here

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)