प्रियंकासँग विकेशको जोडी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पूmलभन्दा कोमल बोलको गीतको भिडियोमा म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बन्नु भएको छ ।

विभिन्न फिल्म तथा म्युजिक भिडियोमार्पmत आप्mनो कला देखाउँदै आउनु भएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धीजस्ता कलाकारिताका लागि आवश्यक पर्ने विभिन्न विधाको तालिम र प्रशिक्षण पश्चात पूनः म्युजिक भिडियोमा देखिनु भएको हो ।

उद्घोषण कलामा समेत उत्तिकै पारंगत उहाले नायिका कार्कीसँग जोडी बाँधिएर म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न पाउनुलाई राम्रो अवसरको रुपमा लिएको बताउनु भएको छ । त्यसैगरी नायिका कार्कीले गीत मन परेपछि यो म्युजिक भिडियोमा काम गरेको जनाउँदै मेहनतअनुसार पूmलभन्दा कोमल गीतको भिडियो उत्कृष्ट बनेको बताउनु भयो ।

म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देनमा बनेको छ । कविराजले यो गीतको म्युजिक भिडियोमा सधैंजस्तो दर्जनौं कोरस कलाकार राख्नु भएको छैन । बरु यसपटक पात्र र लोकेशन केन्द्रित भएको देखिन्छ । गहतराजले गीतको भावअनुसार प्रियंका र विकेशलाई म्युजिक भिडियोमा प्रस्तुत गर्नुभएको छ । भने म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पार्नुभएको छ । म्युजिक भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको हो । हुस्सो लागेको समयदेखि मौसम खुलेको समयको चन्द्रागिरीसम्मको दृश्य कविराजले भिडियोमा प्रस्तुत गर्नुभएको छ ।  हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ । ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ । ओमर सुनारको शव्द रचना र संगीत रहेको यो प्रेम गीत उनको साथमा एलिना चौहानले गाउनु भएको छ ।