चलचित्र पत्रकार संघको ३ दिने फोटोग्राफि तथा भिडियोग्राफि कार्यशाला जारी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको तीनदिने फोटोग्राफि तथा भिडियोग्राफि कार्यशाला आज दास्रो दिनपनि जारी रहेको छ । कार्यशालामा ४० जना फोटोपत्रकार तथा भिडियोग्राफर सहभागी छन् । हिजो (बिहीबार) चलचित्र विकाश बोर्डको हलमा एक कार्यक्रमका बिच सुरु भएको कार्यशालामा नेपालमा लामोसमयदेखी फोटो तथा भिडियोको क्षेत्रमा दक्षता हासिल गर्नुभएका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहनुभएको छ ।

पहिलो दिन फोटोग्राफर हरि न्यौपाने र पत्रकार महेन्द्र बिष्ट र सिनेमाटोग्राफर बिष्णु कल्पितले प्रशिक्षण दिनुभएको थियो । फोटोपत्रकार तथा भिडियोग्राफरहरुले बिशेषगरी मुख्य ध्यान दिनुपर्ने कुराहरु तथा क्यामेरा, लेन्स, लाइटको बिषयमा प्रशिक्षक न्यौपानेले तीनदिननै प्रशिक्षण दिनुहुनेछ । आज (शुक्रबार) फोटोग्राफर हरि न्यौपानेसँगै, टौवा क्रिएसनका डिजाइनर बिजय बस्याल र ग्राफिक्स तथा एनिमेशन डिजाइनर दीपक गुरुङले प्रशिक्षण दिनुभयो । बिजयले सामान्यतया अनलाइनमा फोटो प्रकाशन गर्नुपुर्व ध्यानदिनुपर्ने कुराहरु तथा कलरिङ बारे जानकारी दिनुभयो । यस्तै दीपक गुरुङले भिडियो सम्पादनको बिषयमा प्रशिक्षण दिनुभएको थियो । भोली (शनिबार) सञ्चारकर्मि तथा निर्देशक दिनेश डिसी, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले प्रशिक्षण दिनुहुनेछ ।

यस कार्यशालामा सहभागीहरुलाई पुर्णरुपमा दक्ष बनाउने उद्देश्य रहेको चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष तथा कार्यशालाका संयोजक कुबेर डंगोलले बताउनु भयो । उहाँले भन्नुहुन्छ, ‘हामीले कार्यशाला गर्नेभनेपछि ५० भन्दा बढीले सहभागीता जनाउन खोज्नुभएको थियो तर प्रभावकारी होस् भनेर अहिलेलाई ४० जनालाई प्रशिक्षण दिइरहेका छौं । यहाँ रहनुभएका सहभागीहरु सबै कुनै न कुनै मिडियामा आवद्ध हुनुहुन्छ त्यसैले यो कार्यशाला उहाँहरुलाई थप प्रभावकारी बन्नेमा विश्वास लिएका छौं ।’ चलचित्र पत्रकार संघले यसअघि पनि बिभिन्न कार्यशाला गर्दै आइरहेको छ । संघका महासचिव समिर बलामीले आगामी दिनमा पनि यस्तै कार्यशाला गर्ने बताउनु भयो । उहाँले बिशेषगरी चलचित्र पत्रकारिता गरिरहेका फोटोग्राफर तथा भिडियोग्राफरलाई कार्यशालामा सहभागी गराएको बताउनु भएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाका अनुसार कार्यशालाको समापनमा सम्पुर्ण सहभागीलाई प्रमाणपत्र बितरण गरिनेछ । साथै सहभागीहरुले खिचेको तस्बिर मध्येबाट एक उत्कृष्ट तस्बिर छनौट गरेर पुरस्कार स्वरुप एक लेन्स उपहार दिइनेछ । कार्यशालामा चलचित्र बिकाश बोर्डको सहकार्य छ ।