सकियो ‘चुरीफुरीको’ छायांकन

आर्टिष्ट खबर/ फागून ११, काठमाडौं।

पुस अन्तिमबाट छायांकन थालिएको कमेडी चलचित्र ‘चुरीफुरी’को सुटिङ ४३ दिनको तालिकामा सकिएको छ। ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र आरबि मुभीजको ब्यानरमा निर्माण भएको हो। राहुल राईको छायांकन रहेको चलचित्रमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक आचार्यकै लेखन रहेको चिलचित्रको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना रहेका छन् भने सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रको गीतमा समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर रहेको छ।