‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि भित्रिए

आर्टिष्ट खबर/ फागुन, काठमाडौँ ।

नयाँ चलचित्र ‘फटाह फणिन्द्रे’मा कलाकार बुद्धी तामाङ र रवि डंगोल भित्रिनु भएको छ । निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराउनु भएको हो ।

यस अगााडि चलचित्रका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छनौट भइसक्नु भएको छ । चलचित्रश्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुकर्ता रहेको चलचित्रको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहनुभएको छ ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ । उत्तम केसीको कथा रहेको चलचित्रमा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लाग्नु भएको हो ।

अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको चलचित्र चैत्रको पहिलोसाताबाट छायाँकन निस्कदैछ ।