कारवाहीमा अभिनेता विवेक

फागुन, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता विवेक ओवराय मुम्बई प्रहरीको कारवाहीमा पर्नुभएको छ । विवेकले भ्यालेन्टाइन्स डेको दिन हेलमेट र मास्कबिना बाइक चलाएको हुनाले प्रहरीले जरिवाना तिराएको हो ।

फेबुअरी १४, भ्यालेन्टाइन डेमा विवेकले श्रीमती प्रियंका ओवरायसँग बाइक राइड गरेको भिडिओ इन्स्टाग्राममा पोस्ट गर्नुभएको थियो । उहाले पोस्टसँगै क्याप्सनमा लेख्नुभएको थियो, ‘भ्यालेन्टाइन डेको सुरूवात मेरो प्रियजनसँग । मेरी श्रीमती अनि ऊ! स्फुर्तिदायी राइड!’

विवेक र प्रियंका हार्ले डेभिडसनमा मुम्बई सहर घुमेको देखिनुभएको हो । विवेकले हेलमेट मात्र होइन, मास्क पनि लगाउनु भएको थिएन । कोरोना महामारीमा भारतीय सरकारले मास्क अनिवार्य गरेको छ ।

अभिनेताको भिडिओ सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि सान्टा क्रुज ट्राफिक प्रहरीले हेलमेट नलगाएकोमा भारु ५ सय रूपैंया जरिवाना तिराएको हो । उहाविरूद्ध मुम्बईस्थित जुहु पुलिस थानाले भने फेब्रुअरी १९ मा मास्क नलगाएको कसुरमा एफआइआर दर्ता गर्यो ।

पुलिसहरू गत शुक्रबार अभिनेता विवेकको बयान रेकर्ड गर्न गए। तर, पछि थाहा पाए कि उनी हाल दिल्लीमा छन् ।