पुस २०, पोखरा । पोखरा सभागृहमा गत शनिबार भएको एक रियलिटी सो सिङगिङ एन्ड डान्सिङ कार्यक्रम सुरताल सिजन २ को गायन तर्फको उपाधी पोखरा नयाबजार गुरुकुल संगीतालयका प्रशिक्षार्थी सुनिल आरडीले हात पारेका छन । १० जिल्लाका करिब १००० जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै आर डिले गायन तर्फको उपाधी आफ्नो पोल्टामा परेका हुन ।
कार्यक्रममा अतिथी कलाकारका रुपमा प्रस्तुत भएका दुई गायक ओम गुरुङ र सन्तोष बस्याल ले अब आफ्नो छिट्टै बजारमा आउँदै गरेको योगेश काजी बि सिको शब्द अनी संगीतमा त्यार भएको गीत ुु रेशम फिरिरी झिम्के परेलिमा ुु महानायक राजेश हमाल सहित उन्की धर्मपत्नीलाई पनि नचाएका थिए । कार्यक्रममा अतिथी कलाकार तथा सुरतालका गायन तर्फका जजको रुप्मा प्रस्तुत भएका संगीतकार तथा गायक योगेश काजी बि सिले पनि पर्तिस्पर्धीलाई हौसला दिदै उनिहरुसँग प्रस्तुती राखेका थिए भने आफ्ना हिट गीतहरुद्वरापनी दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।
प्रमुख अतिथिको रुप्मा रहेका महानायक राजेश हमालले आफ्नो नयाँ आउन लगेको चल्चित्र बागमती को प्रचारप्रसार अनी त्यही फिल्मको डाइलग ‘मलाई थाहा छ नेपाल अब पहिलेको नेपाल रहेन तर राजेश अझै त्यही राजेश हो’ देखी लिएर आफ्ना हीट डाइलग प्रस्तुत गरेका थिए । सुरताल कार्यक्रमका निर्देशक प्रशान्त सुनारको सभापतित्वमा समापन भएको कार्यक्रममा पोखरामा सँगर्शशिल कलाकार नरजङ गुरुङ ,युवराज भण्डारी ,राजेन्द्र नेपाली ,बबी सुनार लग्यातका कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।
-सन्तोष बस्याल