अस्ट्रेलिया ब्लुज लोकार्पण

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

साहित्यकार लव गाउँलेको गैरआख्यान ‘अस्ट्रेलिया ब्लुज’ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लोकसंस्कृतिका ज्ञाता, वरिष्ठ कवि तुलसी दिवस तथा कार्यक्रमका सभापति साहित्यकार शैलेन्द्र साकारले ‘अस्ट्रेलिया ब्लुज’को विमोचन गर्नुभयो ।

कार्यक्रममा लेखक गाउँलेकी छोरी भाग्यश्रीले आफ्ना पिताको गैरआख्यान कृतिका विषयमा बोल्दै उपस्थित पाहुनाहरूको स्वागत गर्नुभयो । लेखक लव गाउँलेले ‘अस्ट्रेलिया ब्लुज’ आफू अस्ट्रेलिया बस्दाको अनुभूतिहरूको सँगालो भएको बताउनुभयो । प्रमुख अतिथि तुलसी दिवसले गाउँलेको कृतिको चर्चा गर्नुभयो ।

साहित्यकार शैलेन्द्र साकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू महेश प्रसाई, युयुत्सु आरडी शर्मा, प्रतीक ढकाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।