अनानिकीलाई कलाकारको साथ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

ब्यावसायी सुरविन बान्तवा राईले सञ्चालनमा ल्याएको अनानिकी ब्युटि सलोन एण्ड स्पाका नेपालमा पाँचवटा शाखा छन् । कलाकारसँग सुरविनको सम्बन्ध राम्रो भएकाले पनि आफ्नो सलोन उद्घाटनमा दर्जनौं कलाकार बोलाउन सक्नुहुन्छ । सुरविनको मीठो बोली, सलिन व्यवहारले गर्दा कलाकारहरू नाई भन्न सक्दैनन् ।

यसैक्रममा बिहीबार काठमाडौंको बौद्धमा सञ्चालनमा ल्याइएको अनानिकी ब्युटि सलोन एण्ड स्पाको पाँचांै शाखाको उद्घाटनमा पनि थुप्रै कलाकारको उपस्थिति थियो । नेपाली चेली बलिउड स्टार मनिषा कोइरालादेखि नेपाली चलचित्रक्षेत्रका चर्चित कलाकारसँगै सांसद सान्ता चौधरीसम्म सलोनको रिबन काट्न पुग्नुभएको थियो ।

उद्घाटन गर्न पुग्नुभएकी सांसद चौधरीले व्यवस्थित र सुविधायुक्त ब्युटि सलोन खुलेको भन्दै सञ्चालक सुरविनलाई बधाई दिनुभयो । यस्तै बलिउड अभिनेत्री मनिषा कोइरालाले व्यस्त ठाउँमा सुविधासम्पन्न सलोन सञ्चालन ल्याएको भन्दै सञ्चालक सुरविनलाई शुभकामना दिनुभयो ।

यस्तै अभिनेत्री स्वस्तिमाले सुरविन निकै मिहिनेती भएकाले सफल भएको र अझै सफलताको शुभकामना भन्नुभएको थियो । यस्तै कलाकार दीपकराज गिरीले बलिउडदेखि कलिउड र उडाउनेदेखि गुडाउने कलाकारलाई बोलाएर भव्य र सव्य कार्यक्रम गरिएको भन्दै शुभकामना दिनुभयो । दीपकले भन्नुभयो, ‘जहाँ मानिस डिप्रेस भएर आउँछन् र यहाँ रिफ्रेस भएर जान्छन्, यति राम्रो सुविधा छ मैले धेरै बोल्नै पर्दैन ।’ यस्तै कलाकार तथा निर्देशक दीपाश्री निरौलाले सुरविन आफ्नो नजिकको मित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो साथीले यति धेरै प्रगति गरोस् कि उहाँ आउने सबैलाई निकै राम्रो बनाउन सफल होस्, हामीलाई सधैं यस्तै राम्रो बनावोस् ।’

कलाकार तथा क्याप्टेन विजय लामाले अनेकौ सलोनका बीच अनानिकी एक विशेष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पनि यहाँको सेवा लिने गरेको छु । यहाँको सेवा सुविधा निकै प्रसंशा योग्या छ ।’ सञ्चालक सुरविनले कलाकारहरूको साथ पाएकाले खुशी व्यक्त गर्नुभयो ।

गएको महिनामात्रै ललितपुरको लबिम मलमा पनि चौथौं शाखा सञ्चालन गर्नुभएको थियो । जहाँ थुप्रै कलाकारको उपस्थिति थियो । सुरविनका अनुसार क्यानडामा पनि दुईवटा शाखा छ । अनानिकी सन् २०१३ मा बानेश्वरबाट सुरुवात भएको थियो र पोखरामा यसको शाखा छ ।