घमेश दुलाल र प्रविशाको स्वरमा ‘वनमा खयर’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोकप्रिय गायक घमेश दुलालको नयाँ गीत वनमा खयर सार्वजनिक गरिएको छ । गीतमा घमेशसँगै पछिल्लो समयकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । गीतको रचना शिव हमालले गर्नुभएको हो ।

गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे दुई दशक अघिदेखि रेडियो नेपालमा गीत गाउंदा समय देखिका दौंतरी समेत हुनुहुन्छ । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गर्नुभएको हो ।

डिएआर मुभिजको अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गर्नुभएको छ भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गर्नुभएको छ । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताउनु भएको छ ।

गायक दुलालले पछिल्लो समय काठमाडौंको अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालमा ल्याउनु भएको छ ।

Video: