टुंगियो पल र अरुणबिचको विवाद

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

धरानमा म्युजीक भिडियो छायांकनमा जानुभएका अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद दुबैपक्षले माफि मागेपछि टुंगिएको छ । शुक्रवार दिउँसो ४ बजे इलाका प्रहरी कार्यलय धरान, सुनसरीमा भएको दुई घण्टा लामो छलफलमा दुवै पक्षले आफूबाट भएको गल्ती स्वीकार गर्नुभयो ।

दुवै पक्षले आवेशमा गल्ती भएको स्वीकार गर्दै माफी मागेको अभिनेता पलको भनाई छ । त्यस्तै, अरुण प्रधानले दुवै पक्षबाट कमजोरी भएका कारण माफी मागेपछि विवाद सल्टिएको बताउनु भयो । प्रहरीसमक्ष पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी र अरुण प्रधानले एकअर्कासँग माफी माग्नुभएको थियो ।

बिहीवार अध्यक्ष प्रधानले एक होटलमा खाना खाइरहेको समयमा आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा पल र उनका म्यानेजर जोशीविरुद्ध उजुरी दिनुभएको थियो । शुक्रवार पलका म्यानेजर जोशीले पनि अरुणविरुद्ध मदिरा सेवन गरेर आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै धरानको प्रहरी कार्यालयमा क्षतिपूर्तिको माग गर्दै उजुरी दिनुभएको थियो ।