साउथ फिल्ममा स्वस्तिमा अनुबन्धित

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेत्री स्वस्तिमा खड्का साउथ चलचित्रका लागी अनुबन्धित हुनुभएको छ । चलचित्र ‘थिरिमाली’का लागी स्वस्तिमालाई बिहीबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । अहिले चलचित्रको निर्देशक र निर्मातासहितको टोली लोकेशन र कलाकार छनोटका लागि नेपालमा छ । चलचित्र नेपाल र भारतमा छायांकन हुने बताइको छ ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘चिसो मान्छे’ पछि उहाले यो फिल्मका लागि समय दिनुहुनेछ । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदैछ ।

स्वस्तिमाले महंगो पारिश्रमिक बुझेर चलचित्रमा आबद्ध भएको बुझिएको छ । तर, चलचित्रमा उहाको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । चलचित्र निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ ।

चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ । नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा चलचित्र निर्माण हुनेछ । निर्माण टिमले चलचित्रको मोशन पोस्टर समेत सार्वजनिक गरिसकेको छ ।