‘आँधी तुफान २’ चलचित्र बन्ने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा गरिएको छ । बि.स. २०६३ सालमा निर्माण भइ सफल भएको आँधी तुफानकै नाम राखि सोहि टिमले यो चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रमा कलाकारहरु भने परिवर्तन भएका छन् । बिहीबार काठमाडौमा आयोजीत एक कार्यक्रममा यो चलचित्र आँधी तुफानको सिक्वेल नभएको तर सोहि टिमले बनाउने भएकाले नामको पछाडी दुई राखिएको चलचित्रका निर्देशक मदन घिमिरेले बताए ।

चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, बितरक निर्माता गोपाल कायस्था, निर्माता तथा चलचित्र बितरक सुशिल पोखरेललगायतले फिल्म  निर्माण सफलताका लागि शुभकामना दिए ।

थ्रिलर र सस्पेन्स बिषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए । अगामि चैत्रको पहिलो साताबाट छायाँकनमा निस्कने फिल्ममा रामशरण उप्रेतीको छायाँकन, पैृम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।  फिल्मका निर्माण नियन्त्रक नारयण चालिसे रहेका छन् ।