दुर्गेश र योगेशको ‘जय शम्भु’ गीतमा आर्यन सिग्देल, युट्युव ट्रेन्डिङमा पर्न सफल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आफ्नो गीतसंगीतको कारण चर्चामा रहने गायक तथा स्टेज पर्फमर दुर्गेश थापा र योगेश काजीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सलाई छ सलाई, जय शम्भु’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै नेपालको युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । भिडियो शनिबार साँझ ७ बजेसम्म ट्रेन्डिङको सातौं स्थानमा छ । यस्तै २ लाख भन्दा बढी पटक हेरिएको छ ।

गीतमा शब्द दुर्गेश र योगेशले मिलेर लेखेका छन् भने संगीत दुर्गेशले भरेका छन् । गीतको बिचमा चर्चित लोकगीत सालको पात टपरी हुनेको संगीतलाई मिक्स गरिएको छ । दुर्गेशका अनुसार उक्त गीतका संगीतकार बसन्त थापासँगको अनुमतिमै उक्त गीतलाई प्रयोग गरिएको हो ।

अहिले सार्वजनिक गीतको भिडियोमा दुर्गेश र योगशसँगै नायक आर्यन सिग्देललाई देख्न सकिन्छ । आर्यनले दुर्गेश र योगेशको गीत पहिलेदेखी नै मन पर्ने भएकाले आफू भिडियोमा काम गर्न राजि भएको बताएका छन् । भिडियोमा आर्यनको नृत्य गज्जब देखिन्छ ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन शिव विकले गरेका थिए । यस्तै भिडियोमा शिव बिक, महादेव त्रिपाठी र विश्व केसीको पनि अभिनय रहेको छ । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

Song Video: