आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

केहिदिन अघिदेखी सामाजिक सञ्जालमा महानायक राजेश हमालले सडकमा बसेर प्रसाद खाइरहेको भिडियो क्लिप भाइरल भइरहेको छ । अन्य सर्वसाधारणले जस्तै सडकमै बसेर राजेश हमालले के खाए ? किन सडकमै बसे ? कुन ठाउँ थियो त्यस्तो ? आफ्नै रहरले बसे या बाध्यताले ? यो प्रश्नमा फ्यानहरुबाट आइरहेको छ।

गएको शुक्रबार अर्थात फागुन २१ गते राजेश हमाल अभिनित साथी बोलेको गीत काठमाडौंको दरबारमार्गस्थित किंग लाउन्जमा सार्वजनिक कार्यक्रम राखिएको थियो । जुन कार्यक्रममा राजेश हमाल स्वयमः उस्थित थिए । गीतमा टंक बुढाथोकी र प्रसुंग जंग पोखरेलेको स्वर रहेको छ । सोहि कार्यक्रममा आर्टिष्ट खबरसँग कुराकानी गर्नेक्रममा महानायक राजेश हमालले एक कृष्ण मन्दिरको परिसरमा भुँईमै बसेर अन्य सर्वसाधारणले जस्तै गरी प्रसाद खाएको बताए ।

थप जानकारी भिडियो रिपोर्टबाटः