दीपिका पादुकोण विश्वकै प्रभावशाली महिला

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री दीपिका पादुकोण २०२१को विश्व चर्चित भेराइटी म्यागेजिन 'भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट'को सर्वो उत्कृष्ट सूचीमा परेकी छिन्। म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावशाली व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार पार्ने गरेको छ । यस रिपोर्टमा चलचित्र क्षेत्रमार्फत उनले समाजमा पुर्‍याएको अभिनयको योगदानका कारण उनको प्रशंसा गरिएको हो। भारतिय कलाकारहरूमा दीपिका पहिलो हुन्, जसको नाम यसमा पर्न सफल भएको छ। भेराइटीको रिपोर्टको अनुसार ‘बलिउड स्टार पादुकोणले एसिड हमलाबाट बाँचेकी महिलाका विषयमा एक सामाजिक चलचित्र ‘छपाक’ निर्माण तथा अभिनय गरेकी छिन्। जसमा उनको योगदान देखेर हामीले उनलाई शक्तिशाली वुमनको लागी चुनेका हौँ।’

'छपाक’मा एक एसिड प्रहारबाट गुज्रिएकी महिलाले भोग्नु परेको मानसिक तथा शारिरीक पिडालाई देखाइएको छ । दीपिकाले २०१५ देखि नै मानसिक समस्या भोगिरहेका मानिसहरुसँग 'लिभ लाफ लभ' फाउन्डेशनमार्फत संवाद सुरु गरेकी थिइन्। एक समय उनले पनि मानसिक समस्याबाट गुज्रिन परेको थियो । उक्त समयमा उनलाई मानसिक पिडा भोग्न निकै कठिन परेको र यसले आफ्नो दैनिकीमा निकै असर परेको बिभिन्न अन्तरर्वार्ता मार्फत बताउँदै आएकी छिन् ।

भारतीय चलचित्र क्षेत्रमा सर्वाधिक लोकप्रिय र सम्मानित अभिनेत्रीका रुपमा चिनिने दीपिका लामो समय सम्म चकलेटी अभिनेता रणवीर कपूरसँग प्रेममा थिइन् । प्रेम सम्बन्ध बिग्रिएपछि उनी डिप्रेशनको शिकार भइन् जसबाट उम्किन उनलाई निकै समय लागेको थियो। हाल अर्का भर्सटायल अभिनेता रणवीर संह सँग सुखी बैबाहिक जीवन बिताउँदै आएकी दीपिकाले डिप्रेशन एन्जाइटी बाट गुज्रिरहेका मानिसहरुलाई सहयोग गर्दे आएकी छिन् । साथै उनी अन्य समाजसेवाका कारण पनि चर्चाका आउने गर्छिन् ।