आफ्ना जोक्स आफै सुनाउँछन् राजेश हमाल

गोपिकृष्ण चापागाईं/ काठमाडौं, २२ फागुन

अहिलेको पोखराको फेवाताल कसरी बनेको तपाईलाई थाहा छ ? आज भन्दा धेरैबर्ष अगाडी राजेश हमाल फिल्मको सुटिङ गर्नेक्रममा त्यो ठाउँमा नाँच्नेक्रममा मज्जाले उफ्रिएका थिए रे, त्यो ठाउँ खाल्डो भएको अहिले पानी जमेर त्यस्तो भएको छ ।

यो जोक्स तपाईले पक्कै सुनेको हुनुपर्छ । अझ अभिनेता राजेश हमालसँग नजिक हुनुहुन्छ भने त राजेशले नै सुनाएको पनि हुन सक्छ । नेपाली फिल्म क्षेत्रमा केहिसंस्थाबाट महानायकको दर्जा पाइसक्नु भएका राजेश निकै रोमान्टिक हुनुहुन्छ । सयौं फिल्ममा काम गर्नुभएका राजेश छायांकनको क्रममा अन्य कलाकारसँग खासै घुलमिल हुन्नन् भन्ने अन्य कलाकर्मिहरुबाटै सुनिन्छ तर राजेश निकै रमाइला पनि हुनुहुन्छ ।

आजभोलीका पछिल्लो अन्तर्वार्ता हेर्ने हो भने अधिकांश प्रश्नमा राजेशले हासिमजाक गरेकै देखिन्छ । बिशषतः ब्यक्तिगत प्रश्नमा राजेशले ठट्टा गरेरै उत्तर दिनुहुन्छ ।

‘‘तपाईहरुलाई थाहा होला, मेरो घर काठमाडौंमा भारतीय राजदूतावास र ब्रिटिस राजदूतावासको बिचमा छ । दुई दूतावास किन मेरा छेऊमा आए भन्दा उनीहरुलाई पनि त सुरक्षा चाहियो नि हैन ?’’

अब हिजो (शुक्रबार)को कुरा गरौं, गायक टंक बुढाथोकी र …. को स्वरमा रहेको नयाँ गीत ‘साथी’को सार्वजनिक कार्यक्रममा राजेश हमाल उपस्थित हुनुहुन्थ्यो । राजेशको पनि अभिनय रहेको उक्त गीत कालिन्चोकमा छायांकन गरिएको थियो । राजेशले सञ्चारकर्मिहरुसँग कुरागर्ने क्रममा आफ्नो नाममा बनेका केहि जोक्स सुनाउनु भयो । ‘तपाईलाई आफ्नो नाममा बनेका थुप्रै जोक्स मध्ये सबैभन्दा राम्रो लाग्ने कुन जोक्स हो ?’ भन्ने प्रश्नमा राजेशले आफ्नो जोक्स यसरी सुनाउनु भयो । ‘तपाईहरुलाई थाहा होला, मेरो घर काठमाडौंमा भारतीय राजदूतावास र ब्रिटिस राजदूतावासको बिचमा छ । दुई दूतावास किन मेरा छेऊमा आए भन्दा उनीहरुलाई पनि त सुरक्षा चाहियो नि हैन ?’

राजेश हमालका नाममा अहिले सामाजिक सञ्जालमा थुप्रै जोक्स भेटिन्छन् । थुप्रै फेसबुक पेज नै बनेका छन् । राजेशले आफ्नो नाममा बनेका जोक्सबाट मनोरञ्जन लिने बताउनु हुन्छ । उहाँले आफूले समयसमयमा आफ्नो नाममा बनेका जोक्स पढ्ने तथा हेर्ने गरेको बताउनु हुन्छ । राजेशका अनुसार आफ्नो नामका जोक्स फेसबुकको ‘इन्बक्स’मा धेरैले पठाउने पनि गर्छन् ।

अभिनेता राजेशलाई बिशेषगरी युट्युवरले एकप्रश्न गर्न कहिल्यै छुटाउँदैनन्, तपाई बाबा कहिले बन्ने ? बिवाह गरिसकेपछि अहिलेसम्म राजेशले जतिपनि अन्तर्वार्ता दिनुभएको छ उहाँले आफूले बच्चा पाउने बिषयलाई ठट्टामै सकाइदिनुभएको छ । ‘तपाई अब बाबा कहिले बन्ने ?’ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा राजेशले ठट्टा गर्दै भन्नुहुन्छ, ‘अझै हनिमुनमै छु अहिले नै के भन्नु भएको ।’ आफूले उत्तर दिन नचाहाने प्रश्नमा राजेशले माहोल रमाइलो बनाइदिनुहुन्छ । राजेशले कुनैपनि प्रश्न सामना गर्न डराउनु हुन्न तर ‘इग्नोर’ गर्न चाहाने प्रश्नका उत्तर ठट्टामै सकाइदिनुहुन्छ ।

अभिनेता राजेशले अन्तर्वार्ताको क्रममा आफ्नो अर्को जोक्स पनि सुनाउन चाहानुभयो । ‘साथी’ गीतको छायांकनको क्रममा कालिन्चोकका मन्दिरहरुमा राखिएका त्रिशुलको बिषयमा हाँस्दै सुनाउनु भयो, ‘मलाई त्यहाँ एकजना साथीले भन्नुभएको थियो, त्यहाँ मन्दिरमा राखिएको त्रिशुल मैले चाउमिन खाँदा प्रयोग गर्ने त्रिशुल हो रे ।’ यस्ता जोक्स सामाजिक सञ्जालमा निकै हिट छन् ।

पछिल्लो समयको कुरा गर्ने हो भने अभिनेता राजेशले एकपछि अर्को म्युजीक भिडियोमा काम गरिरहनु भएको छ । चलचित्रमा कमै काम गर्नुभएका राजेशले कोरोना कहरपछि पनि दर्जनबढी म्युजीक भिडियोमा काम गरिसक्नु भएको छ । गएको बिहीबार मात्रै एक म्युजीक भिडियोको छायांकनमा ब्यस्त राजेश आइतबार पछि पनि एक छायांकनका लागी बाहिर जाने तयारीमा हुनुहुन्छ ।

राजेशका अनुसार छिट्टै एक चलचित्रमा काम गर्दै हुनुहुन्छ । त्यो चलचित्रको काम सकिएपछि आफैले चलचित्र निर्देशन गर्ने तयारीमा रहेको पनि बताउनु भयो ।

Video: Click Here

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)