‘अरु प्रश्न नसोध्नुस् है’

आर्टिष्ट खबर, फागुन, काठमाडौं ।

गएको मंगलबारको कुरा हो, पुतलीसडकस्थित एक रेकर्डिङ स्टुडियोमा चलचित्र ‘फटाहा फणिन्द्र’मा समावेश गर्ने गरी एक गीतको रेकर्ड हुँदैथियो । जसमा लोकप्रिय गायिका मेलिना राईको स्वर भरिदै थियो ।  चलचित्रको प्रमोशन हुनेहेतुले चलचित्रको निर्माण टिमले केहि युट्युबर तथा सञ्चारकर्मिहरुलाई बोलाएको थियो ।

गीतमा मेलिना सँगै प्रमोद खरेलको स्वर राखिनेछ तर रेकर्डिङको क्रममा भने प्रमोद आइसकेका थिएनन् । गीतका संगीतकार कृष्ण कट्टेलले भिडियो रिपोर्ट बनाउन र अन्तर्वार्ता पनि गर्न सक्नुहुनेछ भनेपछि झण्डै १५ बढी युट्युबरहरु क्यामेरा र माइक तयारीमा अवस्थामा राखेका थिए ।

‘दुई मिनेट मात्र कुरा गरौं है, यो गीतको भन्दा अन्य प्रसंगमा नजानुहोला ।’ मेलिनाले अन्तर्वाता सुरु हुनभन्दा अगाडी सबैलाई सजगता गराइन् '

एक्कासी स्टुडियो भित्र क्यामेरा छिर्दा गायिका मेलिना तर्सिइन् ।  संगीतकार कट्टेलले ‘ल छिटो छिटो गर्दिनुस है’ भनिरहेका थिए । त्यतिकैमा गायिका मेलिनाले ‘अरु प्रश्न नसोध्नुस् है’ भन्दै गीतको बिषयमा मात्र कुरा गर्न आग्रह गरिन् । त्यसअघिका थुप्रै अन्तर्वार्तामा गीतको बिषयभन्दा बढी ब्यक्तिगत जीवन, प्रेम, विवाह लगायतका प्रश्न तेर्सिने भएकाले मेलिना झस्किएको हुनसक्छ । ‘दुई मिनेट मात्र कुरा गरौं है, यो गीतको भन्दा अन्य प्रसंगमा नजानुहोला ।’ मेलिनाले अन्तर्वाता सुरु हुनभन्दा अगाडी सबैलाई सजगता गराइन् ।

बिशेषगरी युट्युबका लागी लिइने अन्तर्वार्तामा रमाइलो अथवा पारिवारीक कुरा गर्दा भ्युज बढी जाने भएकाले पनि सेलिब्रेटीका ब्यक्तिगत कुरा खोतल्न खोजेको पाइन्छ । त्यसैकारणले पनि पछिल्लो समय सेलिब्रेटीहरुले कुनैपनि मिडियाबाट अन्तर्वार्ताका लागी आएका फोन सकेसम्म उठाउन नपरे हुन्थ्यो जस्तो गर्ने गरेका छन् ।

Video: Click Here