मिस्टर एन्ड मिस रौनियारको प्रतियोगीको ट्यालेन्ट शो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।  ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कविता बाचन, बतृत्वकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका हन्। एमी इन्टरटेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् । जस मध्य ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका जमल स्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन् । ट्यालेन्ट शोमा प्रतियोगीहरु आँचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरे । ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की बिजेता प्रिती रौनियार, मोडल तथा कलाकार भरत रौनियार रहेका थिए ।

राजन रौनियार र एमी रौनियारद्धारा आयोजित दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागनु शनिबार नाचघरमा एक समारोहबीच हुनेछ । यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।