न्यूयोर्कमा प्रियंकाको ‘सोना’

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ रेष्टुरेन्ट सञ्चालन गर्ने चर्चा सुरु भएको छ। प्रियंकाले हलिउडमा अभिनय गरेदेखीको चर्चा हुन्छ । अब फेरी न्यूयोर्कमा ब्यावसाय नै सुरु गर्ने चर्चा बलिउडमा हुन थालिसकेको छ। यो बिषयमा प्रियंकाले इन्स्टाग्राममार्फत ‘सोना’ नामको नयाँ रेष्टुरेन्ट संचालन हुन लागेको जानकारी गराएकी छन् । त्यहाँ भारतीय खाना ‘सर्भ’ गरिनेछ । रेष्टुरेन्टको इन्टेरिअर डिजाइन, मेनु, संगीत र नामसमेत प्रियंका आफैले छनौट गरेको बुझिएको छ । उनले इन्स्टाग्राममा आफू र आफ्नो श्रीमान निक जोनाससँग रेष्टुरेन्ट पूजा गरेको फोटो सेयर गर्दै लेखेकी छिन् ‘सोना प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ। म न्यूयोर्क सडकमा भारतीय खानाको स्वाद पस्कदैछु ।’ उनले रेष्टुरेन्ट यो महिनाको अन्तिमसम्म संचालनमा आउने समेत बताएकी छिन् ।

उनले थपिन् ‘अर्को महिनाको अन्तसम्म सोना संचालनमा आउँदैछ। तपाईंहरूलाई त्यहाँ भेट्न निकै उत्साहित छु ।’ प्रियंकाले रेष्टुरेन्ट संचालनमा साथी मनिष गोयल र डेविड रेबिनको नेतृत्व र साथ मिलेको बताएकी छिन् ।  त्यस्तै, डिजाइनर मेलिसा बोवर्सलाई समेत धन्यवाद व्यक्त गरेकी छिन्। इन्स्टाग्राममा प्रियंकाले तीन वटा फोटो सेयर गरेकी छन्। जसमध्ये दुई फोटोमा उ र निकले पूजा गरिरहेको देखिन्छ । यसबारे प्रियंका लेख्छिन, ‘ती फोटो सेप्टेम्बर २०१९ मा लिइएको हो । हामीले त्यसबेला सानो पूजा लगाएका थियौं ।’