‘आई एम ट्वान्टी वान’को प्रर्दशन मिति तोकियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको चलचित्र ‘आई एम ट्वान्टी वान’ अब दर्शकमाझ प्रर्दशनमा आउने भएको छ । निर्देशक रेनशा वान्तवा राइले चलचित्रको फस्टलुक वैशाख १ गते सार्वजनिक गर्ने र सोही दिनमा प्रर्दशन मिति तय गर्ने बताएकी छिन् । फस्टलुकसँगै  प्रदर्शन मिति तय गर्ने भनेपनि स्रोतका अनुसार यस चलचित्र भदौ १८ गतेबाट एकल प्रदर्शन गर्ने पक्का भइसकेको छ। उक्त गते अन्य कुनै चलचित्रले आफ्नो प्रर्दशन मिति तोकेको छैन । नेपाली चलचित्र निर्माताहरु ठूला बलिउड र साउथका चलचित्रसँग आफ्नो चलचित्र जुध्ने डरले प्रर्दशन मिति फाइनल गर्न यसरी अकमकाउने गरेको पाइन्छ ।

महामारीको रुप लिएको कोरोना भाइरसका कारण लामो समय लकडाउन भएपछि चलचित्र क्षेत्र नै तहसनहस बनेको अवस्था थियो । अहिले भने अवस्था सामान्य हुँदै आएको छ। अब धमाधम चलचित्र निर्मातले आफ्नो चलचित्रको प्रर्दशन मिति तोक्न थालेका छन् । गएको शुक्रबार नयाँ चलचित्र 'गोर्खे' प्रर्दशन गरिएको थियो । यस्तै नयाँ चलचित्र कबड्डी ४, डिसेम्बर फल्स’ ‘चिसो मान्छे, लगायतको प्रदर्शन मिति तोकिइसकेको छ ।