विराटले दिए श्रीमती र छारीलाई नारी दिवशको शुभकामना

मुम्बई (एजेन्सी) ।

भारतिय क्रिकेटर विराट कोहोलीले महिला दिवसको अवसरमा आफ्नी श्रीमती अभिनेत्री अनुष्का शर्मा र छोरी भामिकाको फोटो सेयर गर्दै सामाजिक संजालमार्फत विश्वभरका नारीहरुलाई नारी दिवसको शुभकामना दिएका छन् । उनले लेखेका छन् । 'आँखा अगाडीनै बच्चाको जन्म हुन्दै गरेको देख्नु सबैभन्दा चुनौतीपूर्ण हुन्छ। यो एक मानवको लागी सबै भन्दा अविश्वसनीय र आश्चर्यजनक अनुभव हो। यो अनुभवसँगै तपाईं महिलाको वास्तविक शक्ति र दिव्यता बुझ्न सक्नुहुन्छ। त्यसपछि हामी यो पनि बुझ्दछौं कि परमेश्वरले उनीहरूमा जीवन किन सिर्जना गर्नुभयो। किनभने तिनीहरू हामी पुरुषहरू भन्दा धेरै शक्तिशाली छन्।' उनले थपे 'मेरी छोरी भिरुष्कालाई पनि बधाई छ, जो आफ्नी आमा जस्तो हुन संघर्ष गरिरहेकी छिन्। साथै विश्वका सबै शक्तिहाली महिलाहरुलाई महिला दिवस तिमीलाई धेरै शुभकामना।'

११ जनवरीमा विराट र अनुष्का अभिभावक बनेका हुन् । अनुष्काले मुम्बईको ब्रेच क्यान्डी अस्पतालमा छोरी भामिकालाई जन्म दिएकी हुन्। विराटले सोशल मीडियामा फोटो पोस्ट गर्दै फ्यानहरूलाई श्रीमती र छोरी कुशल रहेको जानकारी दिएका छन् ।  यसको साथसाथै, उनले आफ्ना फ्यानहरूलाई छोरी र श्रीमतीको गोपनीयतालाई आदर गर्न अपील गरेका थिए।