अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ बाट हेर्न पाइने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कोरोना कहरले एकबर्ष थलिएको नेपाली चलचित्र क्षेत्र बिस्तारै उकासिदै छ । चलचित्रका छायांकन सुरु भएका छन् भने प्रदर्शन मिति पनि तय भइरहेका छन् तर यतिबेला हलमा नेपाली चलचित्र प्रदर्शन भने छैनन् । यसैबिच प्रतिक्षित अर्को एक नेपाली चलचित्र  ‘ए मेरो हजुर ४’को निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको छ । यो चलचित्र अब आउँदो बर्षको भदौ १८ गतेबाट हलमा हेर्न पाइने बताइएको छ ।

सोमबार निर्माण टिमले चलचित्रको पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो । पोष्टरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेको मुख्य भूमिका रहनेछ ।

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो ।