अन्जु पन्त र थिरको हनिमुन इलाम र दार्जेलिङमा (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गएको फ्रेब्रुअरी २४ मा बिवाह बन्धनमा बाधिएका गायिका अन्जु पन्त र थिर कोइराला यति बेला हनिमुनमा छन् । बिवाह गरेको केहि दिनमै हनिमुनमा निस्किएको यो जोडीले अहिले इलाम र दार्जेलिंगमा हनिमुन मनाइरहेको छ ।

८ बर्षदेखीको चिनजान र पछिल्लो १ बर्षदेखीको गहिरो प्रेमलाई विवाहमा परिणत गरेको यो जोडीको हनिमुन तस्बिर सार्वजनिक भएको छ । गायिका अन्जु पन्तले नै आफ्नो फेसबुक मार्फत ६ वटा तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिरमा इलाम र दार्जेलिंगमा घुमिरहेको देखिन्छ । तस्बिरमा थिरले अन्जुलाई अंगालोमा बाधेका छन् । यो जोडी निकै खुसी देखिन्छ ।

दैनिकजसो गीत संगीतकै काममा ब्यस्त हुने अन्जु पन्त केहिदिनका लागी गीतसंगीतको काम रोकेर हनिमुनमा निस्किएकी हुन् । अन्जुले काठमाडौं फर्कने मिति खुलाएकी छैनन् । अन्जुका श्रीमान थिरको पुरानो घर इलाम हो । थिरले इलाम र इटहरीमा बसेर लामैसमय काम गरेका छन् ।

यतिकैमा इलामेली फेसबुक प्रयोगकर्ता मोहन राईले लेखेका छन्,  हाम्रो इलाम मा दिदि हजुरलाइ स्वागत गर्न पाउँदा सिङ्गो इलाम बासीहरु हर्सित छौ। यस्तै अर्का फेसबुकप्रयोग कर्ता ल कुसले लेखेका छन्, अहिलेको मान्छेहरु बिहे हुनुभन्दा अगाडि देखि हनिमुन कहाँ जानी कुन देश जानी भनेर प्लान बनाईरा हुन्छन । हजुर हरुले चाई आफ्नै देशमा घुमेर रमाइलो गर्नु भो खुशी लाग्यो ।

Video Report: