‘गंगुबाई काठियावाडी’लाई शहरको छवि बिगार्ने आरोप, विधायकद्दारा नाम बदल्न माग

मुम्बई (एजेन्सी) ।

संजय लीला भन्सालीको आगामी चलचित्र 'गंगुबाई काठियावाडी'को नाम बदल्न माग गरिएको छ। महाराष्ट्र कांग्रेसका विधायक अमीन पटेलले सोमबार यस चलचित्रको नाम बदल्न माग गरेका हुन्। पटेल दक्षिण मुम्बईको मुम्बादेवी विधानसभा क्षेत्रका विधायक रहेका छन्। काठियावाड़ शहरको छवि बिगार्ने आरोप लगाउँदै विधानसभामा बोल्दै पटेलले भने 'कामठीपुरा क्षेत्र अहिले एकदम परिवर्तन भएको छ। 'काठियावाड़ अहिले २०५० दशक जस्तो छैन । हाल काठियावाडी शहरमाा महिलाहरू विभिन्न पेशामा अगाडि बढिरहेका छन्।' चलचित्रको नाम परिवर्तन गर्नका लागि विधायकले राज्य सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।

उनले हाल भाइरल भएको एक क्लिपले काठियावाड़ शहरको छवी बिगार्ने दाबी गरेका छन् । केही दिनअघि संजय लीला भन्सालीको जन्मदिनमा चलचित्रको टीजर सार्वजनिक गरिएको थियो। जसमा आलिया भट्टको गंगूबाई काठियावाडीको अवतारलाई अडियन्सले खुब तारिफ गरेका छन्। चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा छिन्। लगभग साढे छ करोड बजेटमा निर्माण हुँदै गरेको यो चलचित्र ३० जुलाईमा प्रर्दशन हुनेछ। हुसेन जैदीको पुस्तक 'माफिया क्वीन्स अफ मुम्बई'मा आधारित यो चलचित्रले डन गंगुबाईको कथा बोल्ने छ। गंगूबाई, एक १९६० दशतिर रेड लाइट एरियामा बसोबास गर्ने कामठीपुराको सबैभन्दा शक्तिशाली र सम्मानित माफिया रानी थिइन्। गंगुबाई मुम्बई माफिया नामले निकै चर्चित थिइन् । भनिन्छ उनको पतिले उनलाई मात्र पाँच सय रुपैयाँमा बेचेका थिए । त्यसबेलादेखि उनी वेश्यावृत्तिमा संलग्न भइन्। त्यसबखत उनले मजबूर केटीहरूको लागि पनि धेरै काम मदत गरेकी थिइन् ।