धिरेनले बनाउने फिल्ममा राजेश हमाललाई अफर गर्ने तयारी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता धिरेन शाक्यले नयाँ चलचित्र बनाउने तयारीमा रहेको जानकारी दिएका छन् । धिरेनले कलाकार राजेन्द्र खड्गीसँग मिलेर एक चलचित्र निर्माण गर्ने तयारीमा जुटेको बताए । यो कोरोना कहर केहि सामान्य हुनासाथ चलचित्रको काम अघि बढ्ने धिरेनले बताएका छन् ।

राजेन्द्र खड्गी र म मिलेर नयाँ चलचित्र बनाउने तयारी गरेका हौं, चलचित्रको कथा र कलाकार फाइनल गरिसकेका छैनौं तर मुख्य कलाकारमा अभिनेता शिव श्रेष्ठ र राजेश हमाललाई राख्ने सोचमा छौं । अभिनेता धिरेनले सोमबार आर्टिष्ट खबरसँग भने । पहिला हामी चलचित्रको भित्री काम गर्दैछौं, त्यसपछि कलाकार फाइनल गर्न तर्फ लाग्नेछौं ।

धिरेनले राजेन्द्र र आफूले मिलेर चलचित्र निर्माण गर्ने भनेपछि चलचित्र निर्देशक को राख्ने भन्ने बिषयमा छलफल गर्नै बाँकी रहेको बताए । यस्तै अन्य कलाकारहरु पनि छनौटको काम केहिसमय पछि गरिने बताएका छन् । यस्तै अभिनेता धिरेनले चलचित्र निर्माणमा आफूलाई गाह्रो नपर्ने बताए ।  धिरेनको आफ्नै प्रोडक्सन कम्पनी भएकाले सबै इक्युपमेन्ट (छायांकनमा चाहिने सामानहरु) आफूसँगै हुने भएकाले समस्या नपर्ने बताएका छन् । धिरेन भने, , इक्युपमेन्टसँगै प्राविधिकहरु पनि आफूसँगै भएकाले प्राविधिक पाटोमा मलाई त्यति गाह्रो नहोला । चलचित्रको अन्य कामको तयारीमा जुटेका छौं ।

धिरेनले अहिले पनि चलचित्रमा आफूले अभिनय गरिरहेको बताएका छन् । धिरेनले छायांकन भएर बसेका आफ्नो पाँचवटा चलचित्र प्रदर्शनका लागी तयारीमा रहेको बताए ।

चलचित्र नगरीको हल्लालाई विश्वास मान्नेहो भने अहिले अभिनेता धिरेन र राजेशको खासै बोलचाल छैन । धिरेनले राजेशलाई आफूले महानायक नमान्ने धारण दिएकाले दुबैजनाको मन चिस्एिको बुझिन्छ । तर धिरेनले आफ्नो चलचित्रमा राजेशलाई अफर गर्ने भनिरहदा सम्बन्ध सुमधुर भएको हो या सुमधुर बनाउनु कोशिस गरेका हुन् भन्ने आंकलन गर्न सकिन्छ ।

Video: