स्क्रिप्ट मनपरे धिरेनको चलचित्र खेल्छुः हमाल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता राजेश हमालले सहकर्मि अभिनेता धिरेन शाक्यले बनाउने चलचित्रबाट अफर आएमा स्क्रिप्ट हेरेर काम गर्न सकिने बताएका छन् । सोमबार धिरेनले आफूले बनाउने चलचित्रमा राजेश हमाल र शिव श्रेष्ठलाई अफर गर्ने तयारी भइरहेको बताएका थिए । धिरेनले औपचारिक रुपमा राजेशलाई अफर भने गर्नै बाँकी छ ।

मंगलबार आर्टिष्ट खबरसँगको कुराकानीमा अभिनेता राजेशले चैत महिनाभरी चलचित्र ‘सत्यम’मा ब्यस्त रहने र त्यसपछि चलचित्रको कथा आफूलाई सुहाउने र मनपर्ने भएमा खेल्न तयारी हुने बताए । ‘म ब्यस्त नभएको बेला र स्क्रिप्ट मनपरे चलचित्र नखेल्ने भन्ने कुरा छैन । खेल्छु ।’ राजेशले भने । ‘त्यो समय सँगै चलचित्रमा काम गरेका साथीभाई एउटै चलचित्रमा काम गर्दा झन् एक किसिमको मजा हुन्छ, पुराना दिनहरु सम्झिन्छ । नखेल्ने भन्ने हुँदैन ।’

राजेशका अनुसार धिरेनबाट अहिलेसम्म अफर आइसकेको छैन । धिरेनले पनि चलचित्रको भित्री काम भइरहेको र कलाकार छनौटको काम बाँकी नै रहेको बताएका थिए । अभिनेता राजेशले पछिल्लो समय चलचित्र भन्दा बढी म्युजीक भिडियोमा काम गरिरहेका छन् । कोरोना कहरको लकडाउन पछि मात्रै राजेशले १३ वटा म्युजीक भिडियोमा काम गरेको बताए । यस्तै अझै केहि म्युजीक भिडियोमा राजेशले काम गर्दैछन् । राजेशले चलचित्र ‘सत्यम’ पछि आफ्नै प्रोडक्सनमा चलचित्र बनाउने सोंचमा रहेको पनि जानकारी दिएका छन् ।

Video: Click Here