सकियो ‘गणपति’ को छायांकन, नेपाल भन्दा पहिले यू.के.र अष्ट्रेलियामा प्रर्दशन हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

माघ ८ गते बन्दीपुरबाट छायाकंन शुरु गरिएको चलचित्र ‘गणपति’को छायाकंन समापन गरिएको छ। तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा खिचिएको चलचित्रको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ। अहिले चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सविन अधिकारीले जानकारी दिए।

चलचित्रमा मुकुन भूषाल र मेनुका प्रधान मुख्य भूमिकामा रहेका छन्। यिनका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको रहेको छ । हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको चलचित्रको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । २०२१ भित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण टिमको भनाइ छ । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको चलचित्रको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ। स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार यो चलचित्र नेपाल भन्दा पहिले यू.के. र अष्ट्रेलियामा प्रर्दशन गरिने छ।