मनीषाको स्वरमा ‘महामृत्युंजय’ मंत्र (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बलिउडकी अभिनेत्री नेपाली चेली मनीषा कोइरालाको स्वरमा 'महामृत्युंजय' बोलको भजन सार्वजनिक गरिएको छ। भजनमा मनीषालाई गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठले साथ दिएका छन्। बिहीबार आयोजित भजन सार्वजनिक कार्यक्रममा मानिस अस्वभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार पारिएको मनिषाले बताएकी छिन्।

उहाँले पश्चिमी र पूर्वी संगीतमा यसलाई तयार पारेको बताइन्। यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन्। महाशिवरात्रिको अवसर पारेर मनीषाले भजन सार्वजनिक गरेकी हुन्। साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ। ‘सुरसुधा’ सँगको सहकार्यमा भजनलाई दर्शक माझ ल्याइएको हो। सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युञ्जय मन्त्रलाई आफैंले संगीतबद्ध गरेर तयार गरेका हुन्।

Bhajan,geet: