प्रत्येक शनिबार ‘दोहोरी च्याम्पियन’ प्रसारण हुने

आर्टिष्ट खबर चैत,काठमाडौं ।

हिजो शनिबार साँझदेखि नेपाल टेलिभिजनले नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गरेकोे हो।

सो मेगा–शो हरेक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्दै नेपाली कला र संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि टेलिभिजनले सुरु गरेको कार्यक्रम महत्वपूर्ण अभियानका रुपमा रहेको बताए । उनले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिए । सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–शो सुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वाश व्यक्त गरे। नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकको रुचि अनुसार नेपाल टेलिभिजनले अर्को मौलिक रियलिटी शोका रुपमा दोहोरी च्याम्पियन शुरु गरेको जानकारी दिए ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा गायक बद्री पङ्गेनी र गायिका प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् । कूल ३५ लाख रुपैयाँ राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ जना कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापन एडभरटाइजिङ सर्भिस प्रालिले गरेको छ ।