आर्टिष्ट खबर चैत, काठमाडौं ।

चैत्र २७ मा प्रदर्शन हुने तयारीमा रहेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक भएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अबतारमा देखिएका छन् । दीपक ओली निर्देशीत फिल्मको सार्वजनीक पोस्टरले दर्शकमा कुतुहलता जगाएको छ। अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाएका उनकोहातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् । उनको यो भिन्न ‘लुक’ र ‘गेटअप’ ले अहिले बजार तातेको छ । पुष्पको ‘लुक’ बारे निर्देशक ओलीको संक्षिप्त प्रतिक्रिया छ । उनी भन्छन्, ‘फिल्ममा केही बिशेष अबश्य छ । त्यसका लागि चैत्र २७ सम्म कुर्नै पर्छ।’

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ,आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । आरआर फिल्म प्रोडक्सनले बितरण गर्ने फिल्म शिब ढकाल र बाबु श्रेष्ठ (एक गीत) ले खिचेका हुन् । इलाम, झापा र पाँचथरका बिभिन्न स्थानमा खिचिएको फिल्मको लेखन लक्ष्मण सुवेदी, द्धन्द्ध श्री श्रेष्ठ,संगीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामीछानेको छ । फिल्म अद्भुत प्रेमकथामा रहेको बुझ्नमा आएको छ।

१ चैत्र २०७७, आईतवार ०६:३०