आर्टिष्ट खबर चैत, काठमाडौं ।

गत फागुन २९ गते भब्य बिवाह गरेका अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिवाहको पहिलो बर्षगाँठ मनाएका छन्। उनीहरुले पार्टी राखेर होइन कि सामाजिक कार्य गर्दै आफ्नो पहिलो म्यारिज एनिभर्सरी मनाएका छन्। यस अवसरमा बानियाँटार स्थित नव जीवन परोपकार समाजमा पुगी उनीहरुले अशक्त अनाथ, अपाङ्ग दृष्टिबिहिनहरुलाई सहयोग गरेका हुन् ।

आदिप जोडीले टिभी सहित खाद्यन्न सहयोग गरेका छन्। यस सामाजिक कार्यमा उनीहरुका साथमा उदीपका आमा बुवा पनि जोडिएका थिए। गत बर्ष राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा आदिप जोडीको धुमधामका साथ बिहे सम्पन्न भएको थियो । उनीहरुको बिवाह भएको लामो समयसम्म आँचलले लगाएको कपडा र गहनालाई लिएर निकै चर्चा चलेको थियो।