नेपाल चलचित्र उपकरण संघमा नयाँ नेतृत्व

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

नेपाल चलचित्र उपकरण संघले विश्व प्रकाश गौचनको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । चलचित्र छायांकनका लागि चाहिने क्यामेरादेखि लाइटसम्मको उपकरणहरु उपलब्ध गराउने व्यवसायीहरुको यस संस्थाको गएको शनिवार चलचित्र विकास बोर्डमा तेर्हौं वार्षिक साधारण सभा तथा प्रथम विधान सभा सम्पन्न भएको थियो । जसमा नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

गत असोज ५ गते संघले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति पाएको थियो । कोरोनाका कारण संघले शपथ ग्रहणको कार्यक्रम भने स्थगन गरेको थियो । संघको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशब घिमिरे, कोषाध्यक्षमा जीवन थापा, सदस्यहरुमा माधव थापा, विश्नु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका निवर्तमान महासचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए । बोर्ड अध्यक्ष दाहालले चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र उपकरण संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।