३४ लागिन् कंगना

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनौटको आज जन्मदिन परेको छ । सन् १९८७, २३ मार्चमा हिमाचल प्रदेशको मंडी जिल्ला स्थित सूरजपुर भाबंलामा जन्मिएकी उनी आज ३४औँ जन्मदिन मनाउँदैछिन् । आफ्नो दमदार अभिनयबाट पटक-पटक राष्ट्रिय अवार्ड जितिसकेकी रनौट प्याच्च बोल्ने बानीले बिभिन्न कन्ट्रोभर्सीमा परिरहन्छिन्। आफ्ना विवादित बयानका कारण चर्चामा आइरहने उनी अन्याय बिरोध बोल्न पछि हटदिनन् । उनको यही हर्कतले फ्यानहरु उनीप्रति आर्कषित देखिन्छन् भने बलिउड सिने जगतले उनको हर्कतलाई लिएर बिरोध गरिरहन्छ ।

उनको बहादुरी, अभिनय वा व्यक्तिगत जीवनका कारण सधैँ चर्चामा रहने कंगनाको फिल्म क्यारियरसँग सम्बन्धित चीजहरू उनीहरुका प्रशंसकहरुलाई थाहै छ। तर यहाँ केहि तथ्यहरू छन् जुन प्रायः व्यक्तिलाई थाहा छैन। आउनुहोस् हामी यस्तै केही तथ्यहरू जानौँ..

बुबाले वर्षौं कुरा गरेनन्

कंगनाका बुबा अमरदीप रानोैत पेशामा व्यवसायी हुन् । उनी आफ्नी छोरीलाई चिकित्सक बनाउन चाहन्थे। उनले कंगनालाई चण्डीगढको डीएभी स्कूलमा चिकित्सक अध्ययनको लागि भर्ना गरेका थिए। तर कंगनालाई डाक्टरमा कुनै रुची थिएन । उनी र्याम्पमा हिड्न चाहान्थिन् । स्कूलमा फेयरवेल वा कुनै कार्यक्रममा पनि उनी सहभागी भइनन्।

डीएवी स्कूलका प्रिन्सिपल डा राकेश सचदेवाबा अनुसार कंगना त्यस समयदेखिनै मोडलिङमा रुचि राख्थिइन्।  चाहे फ्रेशर्स नाइट हो वा स्कूलमा विदाई, उनी मोडलिङ मात्र गर्न रुचाउथिन्। एकदिन उनले कसैलाई नभनी स्कूल छाडेर होस्टेल पिजीमा सिफ्ट भइन् । उक्त कुरा उनका पिताले थाहा पाएपछि उनीसँग अमरदीप रानोैत वर्षौंसम्म बोलेका थिएनन्।

थिएटरमा काम गरिन्

कंगनाले आफ्नो अभिनय जीवनको शुरुआत दिल्लीको अस्मिता थिएटर ग्रुपबाट गरेकी हुन्। उनले नाटकका निर्देशक अरविन्द गौरबाट अभिनयको प्रशिक्षण लिएकी थिइन्। उनले अरविन्दको थिएटर वर्कशप इन्डिया हेबिटेट सेन्टरमा भाग लिएकी थिइन् र धेरै नाटकहरूमा पनि अभिनय गरेकी थिइन् । उनको पहिलो नाटक गिरीश कर्नाड 'रक्ता कल्याण' हो । त्यसपछि उनलाई निर्देशक तथा निर्माता महेश भट्टले बलिउडमा मौका दिएका थिए।

अनुराग बसुले कफी शपमा भेटेका थिए

उनले निर्देशक अनुराग बसुको चलचित्र ग्याङ स्टारबाट बलिउडमा डेब्यू गरेकी हुन् । भनिन्छ कि अनुरागले कंगनालाई पहिलो पटक कफि शपमा देखेका थिए र चलचित्रका लागि साइन गराएका थिए । काम गर्दै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थालेका थिए ।

उनले आफ्नो करियर हिट चलचित्र ग्याङ स्टारबाट शुरु गरेसँगै चलचित्रबाट सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेकी गरेकी थिइन्। यस चलचित्रको सफलता पछि उनले अन्य चलचित्रमा पनि मौका पाइन्। यस बाहेक उनले 'फेसन', 'वो लाम्हे','लाइफ इन ए मेट्रो', 'वन्स अपन टाइम इन मुंबई', 'रिभल्भर रानी', 'क्वीन' जस्ता सुपरहिट चलचित्र दिएकी छिन्। आफ्नो अभिनयका कारण उनलाई बलिउडमा क्वीन भनेर चिनिन थाल्यो।

केही समयअघि उनले बलिउडमा क्षमता, प्रतिभाको कुनै पनि महत्व नभएको बताएकी थिइन् । उनको अभिनय,निर्देशन र निर्माण रहेको चलचित्र 'मणिकर्णिका'लाई बलिउडमा कसैले महत्व नराखेको भन्दै उनले एक मिडियालाई दिएको अन्तरवार्तामा भनेकी थिइन् 'सुरूमा आउँदा मलाई क्षमता नै सबै कुरा हो जस्तो लाग्थ्यो,आफूसँग भएको क्षमतालाई प्रमाणित गरेपछि सबै कुरा हुन्छ भन्ने सोचेँकी थिए। तर वास्तवमा त्यतीले नपुग्दो रहेछ। आफ्ना लागि बाटो बनाउन मैले धेरै कुरा गरें, धेरै संघर्ष गरे, मैले चलचित्र निर्माण गर्न स्क्रिप्ट समेत लेख्न सिकें। क्षमता नै सबैथोक हो भनी मैले यती मिहिनेत गरे जब मैले यी सब गरेर आफ्नो प्रतिभा निखारे तब मैले महशुस गरे यो उद्योगमा त प्रतिभाको कुनै कदर नै रहेनछ। महत्वनै रहेनछ।'

उनले बलिउड सिने जगतले क्षमताको कदर गर्न जान्दैन भन्दै आरोप लगाएकी थिइन् । उनी पत्रकारलाई प्रेस मिटमै गाली गर्नपनि पछि हटदिनन्। 'मणिकर्णिका'को बिषयलाई लिएर पत्रकारले प्रश्न गर्दा उनले प्रेस मिटमै पत्रकारलाई गाली गरेकी थिइन् । त्यसपछि कन्ट्रोभर्सीमा परेकी उनले बिभिन्न पापंड पेलेर यसबाट बल्ल बल्ल उम्किएकी थिइन।

photo: Dainik Bhasker