दुई दिवसीय होली महोत्सव सम्पन्न

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव सम्पन्न भएको छ । मिथिलाञ्चलमा लोप हुदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा होली समूह, लादोबेला, विश्वम्भरपुर, मंगलपुर लगायतको होरैया टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता थियो ।

प्रतियोगितामा वभनगामा युवा क्लबको टोली प्रथम पुरस्कार जित्न सफल भएको छ । त्यस्तै दोस्रो पुरस्कार जमुनीवास र तेस्रो पुरस्कार खर्ताल युवा होरी समूह जित्न सफल भएको हो । जोगिरा गायन प्रतियोगितामा पहिलो हुने टोलीलाई ६ भरीको चाँदीको शिल्ड, दोस्रो हुने टोलीलाई ५ भरिको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ४ भरिको चाँदीको शिल्ड प्रदान गरिएको छ ।